अन्तर्राष्ट्रिय

अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १३ जनाको ज्यान गयो



काठमाण्डौ  ८ बैशाख । क्यानडामा प्रहरीको भेषमा आएका एक बन्दुकधारीले १३ जनाको हत्या गरेका छन् । नोभा स्कोटिया प्रान्तमा भएको घटनामा एक जना महिला अधिकारीको पनि ज्यान गएको क्यानडेली प्रहरीले जनाएको छ ।बन्दुकधारीलाई पक्राउ गर्न प्रहरीले १२ घण्टा कारमा पछ्याएको थियो । बन्दुकधारीको पनि ज्यान गएको बताइएको छ । बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउन थालेपछि पोर्टापिक्युका बासिन्दालाई घरभित्रै बस्न भनिएको थियो ।बन्दुकधारी प्रहरीको जस्तै देखिने कारमा आएको बताइएको छ । बन्दुकधारीले नोभा स्कोटियाको विभिन्न क्षेत्रमा अन्धाधुन्ध गोली प्रहार गरेकाले वास्तविक ज्यान गुमाउनेको सङ्ख्या पत्ता लगाउने काम भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६