काठमाण्डौ ८ बैशाख । क्यानडामा प्रहरीको भेषमा आएका एक बन्दुकधारीले १३ जनाको हत्या गरेका छन् । नोभा स्कोटिया प्रान्तमा भएको घटनामा एक जना महिला अधिकारीको पनि ज्यान गएको क्यानडेली प्रहरीले जनाएको छ ।बन्दुकधारीलाई पक्राउ गर्न प्रहरीले १२ घण्टा कारमा पछ्याएको थियो । बन्दुकधारीको पनि ज्यान गएको बताइएको छ । बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउन थालेपछि पोर्टापिक्युका बासिन्दालाई घरभित्रै बस्न भनिएको थियो ।बन्दुकधारी प्रहरीको जस्तै देखिने कारमा आएको बताइएको छ । बन्दुकधारीले नोभा स्कोटियाको विभिन्न क्षेत्रमा अन्धाधुन्ध गोली प्रहार गरेकाले वास्तविक ज्यान गुमाउनेको सङ्ख्या पत्ता लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
८ बैशाख २०७७, सोमबार
प्रतिक्रिया