ब्रेकिंग न्युज

देवरको हत्या अभियोगमा भाउजु कारागारमा


९ बैशाख २०७७, मंगलबार


महोत्तरी ९ बैशाख । महोत्तरी जिल्ला अदालतले  देवरको हत्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ । पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेपछि भाउजुले प्रेमीसँग मिलेर उनको हत्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि आज कारागार लगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका २ बस्ने रकिवुल अन्सारीकी पत्नी २८ वर्षीया सगिरा खातुनलाई  जिल्ला अदालतले कारागार चलान गरेको हो । सगिराले प्रेमीसँग मिलेर गत चैत ९ गते  देवर १३ वर्षीय मजिबुको घाँटी थिचेर हत्या गरी शव घर नजीकै रहेको कब्रस्तानमा गाड्न लगिरहेका अवस्थामा स्थानीयवासी सदिक मोमिनले  घटनाबारे जानकारी गराएपछि प्रहरीले  शव नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : ९ बैशाख २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे