खोज–अनुसन्धान

कुन राशिलाई शुभ, कुनलाई मध्यम हेर्नुहोस आजको राशिफल



दुर्गा प्रसाद भण्डारी, मंसिर १३

वि सं २०८३ साल मंसिर १३ गते आइतबारको राशिफल अनुसार मेष राशिलाई मध्यम रहेको छ भने वृष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिलाई शुभ रहेको छ ।
मेष राशिलाई आमा तथा आफन्तसँग राय बाझिने, साथीभाइसँग मनमुटाब, समयमा काम नबन्ने, आर्थिक क्षेत्र कमजोर, घर जग्गा र सवारी साधनमा ध्यान दिनुपर्ने तथा प्रेममा अविश्वास बढ्ने योग छ ।
वृष राशिलाई मन मिल्ने साथीसँग रमाइलो यात्रा, प्रणय सम्बन्धमा सुधार, दाजुभाइको सहयोग, विवादित विषयमा जित, खाद्यान्न तथा औषधीजन्य क्षेत्रमा लगानी र प्रविधिको प्रयोगले काम सहज हुनेछ ।

आजको पञ्चाङ्ग

वि।सं।२०८३ साल मंसिर १३ गते । आइतबार । इस्वी सन् २०२६ नोभेम्बर २९ तारिख । नेपाल संवत् ११४७ । रौद्र संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४८ । मंसिर कृष्णपक्ष । तिथि–पञ्चमी, बिहान ९ बजेर ४८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–तिष्य, बेलुकी ५ बजेर १५ मिनेट उप्रान्त अश्लेषा । योग–ब्रम्ह, बेलुकी ११ बजेर ४४ मिनेट उप्रान्त ऐन्द्र । करण–तैतिल, बिहान ९ बजेर ४८ मिनेट उप्रान्त गर, बेलुकी ८ बजेर ४२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–कर्कट ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी १५ पला ।

बिहान ६ बजेर ३६ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ३७ मिनेटदेखि बिहान ७ बजेर ५५ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ५६ मिनेटदेखि बिहान ९ बजेर १४ मिनेटसम्म लाभ बेला ।
बिहान ९ बजेर १५ मिनेटदेखि बिहान १० बजेर ३३ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ३४ मिनेटदेखि बिहान ११ बजेर ५१ मिनेटसम्म काल बेला ।
बिहान ११ बजेर ५२ मिनेटदेखि दिउँसो १ बजेर १० मिनेटसम्म शुभ बेला ।
दिउँसो १ बजेर ११ मिनेटदेखि दिउँसो २ बजेर २९ मिनेटसम्म रोग बेला ।
दिउँसो २ बजेर ३० मिनेटदेखि दिउँसो ३ बजेर ४८ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ३ बजेर ४९ मिनेटदेखि बेलुकी ६ बजेर ४८ मिनेटसम्म शुभ बेला ।
नोट स् शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।

दिउँसो ३ बजेर ४७ मिनेटदेखि बेलुकी ५ बजेर ६ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट स् राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ५९ मिनेटदेखि बिहान ५ बजेर ४७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ० आमा तथा आफन्तसँग घरायसी कुरामा राय बाझिनेछ भने साथीभाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारोबार गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।
वृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० मन मिल्ने साथीका साथ छोटो तथा रमाइलो यात्राको तय हुनेछ । प्रणय सम्बन्धमा सुधार हुनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न तथा औषधीजन्य क्षेत्रमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । प्रविधिको प्रयोग गरी काम वा अध्ययनलाई सहज बनाउन सकिनेछ ।
मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा० खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । साङ्गीतिक यात्राको प्रबल सम्भावना रहेको छ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो० सबैको सहयोग पाइने हुनाले काम गर्न सहज हुनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । राजनीति तथा धार्मिक क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
सिंह मा,मी,मू,मे,मो,टा,टी,टू,टे० काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन् । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । तर पनि कामको सिलसिलामा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरूका लागि आजको दिन फलदायी रहनेछ । खानपान तथा भेटघाटमा समय व्यातित हुनेछ ।
कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो० रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ । ईष्र्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । परिवारका इच्छा तथा आकांक्षा पुरा गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।
तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते० पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडी बढ्नेछन् । अध्ययन र कामलाई समयमा नै सकाउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ । छोटो दुरीको धार्मिक यात्राको योग रहेको छ । औषधीजन्य, खाद्यान्न, गरगहना तथा यात्रासँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
वृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू० कल्याणकारी तथा तारिफयोग्य काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथीसँगको सम्बन्ध थप सुदृढ हुनेछ । लेखन कलाको माध्यमबाट आफ्ना विचारहरू मनमानसमा लैजान सकिनेछ ।
धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे० सत्यता बुझेर अगाडी बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाइनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरूकै कामका लागी समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ । तर पनि खानपान, भेटघाट र यात्रामा समय खर्च हुनेछ ।
मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ । व्यापार तथा उद्योग आज गरिने लगानीबाट आम्दानी हुनेछ ।
कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा० कुनै पनि प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तसँग भेट हुनाले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ । छोटो दुरीको धार्मिक यात्रा हुनेछ भने लामो दुरीको शैक्षिक यात्राको योग रहेको छ
मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइने हुनाले मन प्रसन्न रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईँको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । संस्कार सस्कृतीको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । श्रोत रातोपाटी

प्रकाशित : १४ मंसिर २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६