अर्थ-वाणिज्य

डेढ करोडको पजेरो चढयो कपिलवस्तुको तरकारी ।



कपिलवस्तु
हामी पजेरो चढन पाईएला नपाईएला तर कपिलवस्तुको तरकारी भने पजेरो चढेको छ । डेढ करोड वढी मुल्य पर्ने पजेरो गाडी कपिलवस्तुको कृषकको तरकारी वुटवल पुगेको हो ।  ढुवानी गर्ने गाडी नहुदा कपिलवस्तु वुद्धभुमी १० का कृषकले उत्पादन गरेको तरकारी वोक्न मित्सुविसीको पजेरो जिप प्रयोग भएको हो । देशका भि आई पि मानिस चढने गाडीको व्यवस्था मिलाएका हुन प्रदेश सभा सांसद विस्नु पन्थीले ।



तरकारी खरीद गर्दै सांसद पन्थीले कृषकको गुनासो सुनुवाईका लागी पहल गर्ने वताउनु भयो । लोहरौलाका कृषक वहराईची केवटले अर्घाखाचीले तरकारी ढुवानी वन्द गर्दा मर्का परेको वताउनु भयो । समस्या समाधानका लागी तत्काल पहल गर्ने सांसद पन्थीले आश्वासन समेत दिनु भएको थियो । सांसद पन्थीले तरकारी विक्रीका लागी प्रति दिन १ गाडीको व्यवस्था समेत गर्नु भएको छ ।
प्रेस पाटीमा तरकारी कृषकलाई तरकारी विक्री गर्न सकस समाचार प्रकाशन भए पछी सांसद विष्णु पन्थीले कृषकको घरमै पुगेर तरकारी खरीद गर्ने अभियान संचालन गरेका हुन । अभियानको दोस्रो दिन तरकारी लैजान गाडी नपाए पछी रुपन्देहीका उद्यमी कृष्ण पौडेलको मित्सुविसी पजेरो जिप नै प्रयोग भएको थियो । उद्यमी कृष्ण पनी लकडाउनका कृषकको सेवा गर्न पाउदा खुसी भएको वताउनु हुन्छ । कृषकले भनेको दरमा खरीद गरी नाफा नखाई ति तरकारी वुटवल लगेर विक्री गर्ने पौडेलले वताउनु भयो । करिव ३० वर्ष पछी कृषकको फर्ममा घुम्न पाउदा खुसी लागेको पौडेलले वताउनु भयो ।


प्रकाशित : ९ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६