अर्थ-वाणिज्य

कपिलवस्तु बालमन्दिरमा अनियमितताको आशंका , ९ महिनामा २९ बच्चा पाल्न ३५ लाख खर्च



कपिलवस्तु,१० वैशाख । कपिलवस्तुको तौलिहवामा रहेको कपिलवस्तु बाल गृह (बाल मन्दिर) संचालनमा अनियमितता भएको आशंका गरिएको छ । बाल मन्दिर संग प्रयाप्त आम्दानीको श्रोत रहेको र जिल्ला भित्रका अधिकांश स्थानीय तहले सहयोग गर्दै आएपनि सधै अभाव देखाएर अनियमितता भइरहेको आरोप लगाइएको छ । कपिलवस्तु नगरपालिका नगर प्रमुख किरण सिंहले बालबालिकाको नाममा संकलन गरिएका रकम तथा श्रोत सहि ठाउँमा उपयोग नभएको र यसबारे आवश्यक छानबिन गर्न माग गर्नुभएको छ । 

कपिलवस्तु बाल गृहमा हाल २९ जना बालबालिका र ४ जना आवासिय कर्मचारी छन् । उनीहरुलाई खाना खुवाउन र बालगृह संचालनमा समस्या आएको भन्दै सहयोगको सार्वजनिक अपिल गरिएपछि बालगृहमा अनियमितताको आशंका थालिएको हो । बालमन्दिरले जिल्ला प्रशासनमा दिएको आय व्यय विवरणले पनि अनियमिताको आशंका उब्जाएको छ । बालगृह प्रशासन प्रमुख रामप्रसाद आर्यलले दिएको विवरण अनुसार साउन देखि चैत सम्म बालमन्दिर संचालन गर्दा ३५ लाख खर्च भएको छ भने ३१ लख मात्र आम्दानी छ ।  २९ बालबालिकालाई खाना खुवाउन मात्रै १३ लाख ४२ हजार रुपैया खर्च भएको देखाइएको छ । जबकी त्यसै आय व्ययमा अर्को तर्फ २ लाख ५७ हजार बराबरको अन्न दानमा आएको बताइएको छ । खाना पकाउन आवश्यक पर्ने ग्यासमा मात्रै ६१ हजार ६ सय रुपैया खर्च गरिएको छ । ५ हजार १ सय रुपैयाको पानी किनिएको छ । बालबालिकालाई बालमन्दिर भित्रको धाराकै पानी खुवाइन्छ ।


नगरप्रमुख किरण सिंहले असोजमा ५ लाख र वैशाख २ मा ५० हजार रकम बालमन्दिरका बालबालिकालाई खाना खुवाउन दिएको बताउनुभयो ।  एउटा बच्चालाई स्तरीय खाना दिएपनि १ सय रुपैयाले र्पयाप्त हुने उहाँ बताउनुहुन्छ । त्यसमा पनि चामल, दाल दानमा आउछ, ग्यास, पानी छुट्टै किन्छन् अनि के मा १३ लाख ५० हजार खर्च भयो” उहाले प्रेसपाटीलाई भन्नुभयो । १ महिनामा बालमन्दिरले खानामा १ लाख ५० हजार खर्च गरेको छ जस अनुसार एउटा बच्चाको राशनमा मात्रै बालमन्दिरले ४ हजार खर्च गरेको देखिन्छ । जबकी चामल बढि भएर विक्री गरि आम्दानी पनि बाधिएको देखिन्छ । बालमन्दिर संचालक समिति सदस्य गोपीकृष्ण शर्माले पनि बालमन्दिरमा २ बर्ष यता भइरहेको खर्च शंकास्पद भएको बताउनुभयो । आफु सदस्य भइ आए यता पनि अपारदर्शी रुपमा खर्च गरिएको छ, पारदर्शिता गर्न माग गर्दा आक्रोशित हुन्छन् उहाले भन्नुभयो । बाल मन्दिर संचालनमा आभाव भए वैठक बसेर समाधान तर्फ जानुपर्नेमा आफुखुशी सहयोगको अपिल गर्नु ठीक नभएको उहाँको भनाई छ । “साउन यता एउटा पनि वैठक बसेको छैन, १९ जना बालबालिका पाल्न गाह्रो थियो भने १० जना किन थपियो यसबारे कस्ले जवाफ दिने” उहाले भन्नुभयो । असोज सम्म १९ जना बालबालिका थिए । असोजबाट १० जना थपिएको थियो ।  

बालमन्दिरलाई रकमको अभाव नभएको जिल्लाबासीहरुकै भनाई छ । जिल्लाका ६ वटा स्थानीय तहले चालु आ.ब.मा १३ लाअ आर्थिक सहयोग गरेका छन् । प्रत्येक नागरिकता फारम विक्री बाट बालगृहले ४० रुपैया लिने गरेको छ । बालगृहको २६ वटा सटर भाडामा लगाइएका छन् । बालबालिकाको नाम बेचेर हुने गरेका अनियमितता रोक्न प्रशासनले छानबिन सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बालमन्दिरको आय व्यय बारे समितिबाट निर्णय गरि ल्याउने, लेखापरिक्षण गराउने र बाल कल्याण समितिले तोकेको मापदण्ड अनुसारको खानपिन र सुविधा बालबालिकालाई दिए नदिएको बुझ्ने बताउनुभयो । 

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६