अन्तर्राष्ट्रिय

कोरोना कहरः मृत्यु हुनेको संख्या १ लाख ९० हजार बढी, संक्रमित २७ लाख पार र अमेरिकामा करिब ५० हजारको मृत्यु



एजेन्सी,  १२ बैशाख । विश्वभरमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ९० हजार नाघेको छ । गत २४ घन्टामा मात्रैे संक्रमणबाट विश्वभर ६ हजार ५ सय ६९ जनाको मृत्यु भएको छ । विहान समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या १ लाख ९० हजार ६ सय ३२ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्ल्ेख छ ।  विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १८ हजार १ सय ८ पुगेको छ । गत २४ घण्टामा मात्रै साढे ८४ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।

        ७  लाख ४५ हजार ३ सय ४३ जना उपचारपछि निको भएका छन् । गत २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार  ३ सय २२  जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४९ हजार ८ सय ४५ पुगेको छ । अमेरिकामा ८ लाख ८० हजार १ सय ३६ जना संक्रमित भएका छन् । बिहीबार मात्रै अमेरिकामा ३१ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । 

        त्यसैगरी  इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ हजार ५ सय ४९ पुगेको छ ।  स्पेनमा मृतकको संख्या २२ हजार १ सय ५७ पुगेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ । फ्रान्स  मृतकको संख्या २१ हजार ८ सय ५६ पुगेको छ । त्यसैगरी बेलायतमा मृतकको संख्या १८ हजार सात सय ३८ पुगेको छ ।  ब्राजिलमा बिहीबार ४ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६