अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर मृतकको संख्या १ लाख ९७ हजार पार, २८ लाख बढी संक्रमित र अमेरिकामा ५२ हजार बढीको मृत्यु



एजेन्सी, १३ बैशाख ।  विश्वमा कोराना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार पार गरेको छ ।  वल्डोमिटरले शनिबार विहानकोे तथ्यांकअनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार २ सय ४३ रहेको छ ।  विश्वभर संक्रमितको संख्या २८ लाख २९ हजार ८ सय ८३ पुगेका छन् । त्यस्तै ७ लाख ९८ हजार ६ सय ५ जना निको अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्।  

            अमेरिकामा सबै भन्दा बढी ५२ हजार १ सय ८५ जनाको मृत्यु भएको छ । अमेरिकामा ९ लाख २५ हजार ३८ जना संक्रमित छन् । अमेरिकमा विगत २४ घण्टामा एक हजार आठ सय ६३ जनाले ज्यान गुमाइसकेका छन ।  अमेरिका पछि सबै भन्दा धेरै इटालीमा मृतकको संख्या रहेको छ । त्यहाँ मृत्यु हुनेको संख्या २५ हजार ९ सय ६९ छ । त्यस्तै स्पेनमा २२ हजार ५ सय २४ जनाले ज्यान गुमाएका छन् । २ लाख १९ हजार ७ सय ६४ जनामा संक्रमण देखिएको छ । 

            फ्रान्समा एक लाख ५९ हजार ८ सय २८ जनाले ज्यान गुमाइसकेको छन् । त्यस्तै जर्मनीमा एक लाख ५४ हजार ९९९ संक्रमति छन् । मृतकको संख्या ५ हजार ७ सय ६० छ । बेलायमा ज्यान गुमाउनेको संख्या झण्डै २० हजार रहेको छ । बेलायतमा १९ हजार ५ सय ६ जनाको मृत्यु भइसकेको छ । बेलायतमा १ लाख ४३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ। टर्कीमा पनि संक्रमितको संख्या एक लाख नाघेको छ। टर्कीमा १ लाख चार हजार ९ सय १२ जनामा संक्रमण देखिएको छ ।  इरानमा ८८ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ भने पाँच हजार पाँच सय ७४ जनाको मृत्यु भएको छ । 

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६