एजेन्सी, १३ बैशाख । विश्वमा कोराना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार पार गरेको छ । वल्डोमिटरले शनिबार विहानकोे तथ्यांकअनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार २ सय ४३ रहेको छ । विश्वभर संक्रमितको संख्या २८ लाख २९ हजार ८ सय ८३ पुगेका छन् । त्यस्तै ७ लाख ९८ हजार ६ सय ५ जना निको अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्।
अमेरिकामा सबै भन्दा बढी ५२ हजार १ सय ८५ जनाको मृत्यु भएको छ । अमेरिकामा ९ लाख २५ हजार ३८ जना संक्रमित छन् । अमेरिकमा विगत २४ घण्टामा एक हजार आठ सय ६३ जनाले ज्यान गुमाइसकेका छन । अमेरिका पछि सबै भन्दा धेरै इटालीमा मृतकको संख्या रहेको छ । त्यहाँ मृत्यु हुनेको संख्या २५ हजार ९ सय ६९ छ । त्यस्तै स्पेनमा २२ हजार ५ सय २४ जनाले ज्यान गुमाएका छन् । २ लाख १९ हजार ७ सय ६४ जनामा संक्रमण देखिएको छ ।
फ्रान्समा एक लाख ५९ हजार ८ सय २८ जनाले ज्यान गुमाइसकेको छन् । त्यस्तै जर्मनीमा एक लाख ५४ हजार ९९९ संक्रमति छन् । मृतकको संख्या ५ हजार ७ सय ६० छ । बेलायमा ज्यान गुमाउनेको संख्या झण्डै २० हजार रहेको छ । बेलायतमा १९ हजार ५ सय ६ जनाको मृत्यु भइसकेको छ । बेलायतमा १ लाख ४३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ। टर्कीमा पनि संक्रमितको संख्या एक लाख नाघेको छ। टर्कीमा १ लाख चार हजार ९ सय १२ जनामा संक्रमण देखिएको छ । इरानमा ८८ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ भने पाँच हजार पाँच सय ७४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया