अर्थ-वाणिज्य

कपिलवस्तुमा विपन्नको राहत कहाँ कति महँगो ? किन कतै खरिदको अभिलेख र दररेट नै छैन



कपिलवस्तु १३ बैशाख । कोरोना भाईरसको संक्रमण रोक्न गरिएको लक डाउनको अवधिमा कपिलवस्तुका १० स्थानीय तहले राहत सामाग्री खरिद गरेर २१ हजार बढी परिवारका लागि वितरण गरेका छन् । पालिका मध्ये  दररेट एक आपसमा कति फरक छ अर्थात राहतमा  के कति रकम खर्च गरेका छन्  ? कति मूल्यको राहत वितरण गरेका हुन ? उनीहरुले कस्तो विधीवाट  खरिद गरे भन्ने विषय आम सर्बसाधारणको चासोको विषय बनेको छ । बुद्ध दर्पणले यी सबै पक्षमा खोज अनुसन्धान गरेर तथ्य वाहिर ल्याउने जमर्काे गरेको छ । 

२१ हजार घरपरिवारलाई राहत 

कपिलवस्तुका १० स्थानियतहहरुले बिहिबार सम्म पहिलो चरणको राहत अन्तर्गत २१ हजार २६१ घरपरिवारलाई  बितरण गरिसकेको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएको छ, ।राहतवितरण कार्यलाई जिल्लाका १० स्थानियतह मध्ये बिजयनगरले पहिलो र दोस्रो चरणको राहत वितरण गरि तेस्रो चरणको  तयारी समेत शुरु गरेको छ । यस्तै बाणगंगा नगरपालिका  , शिबराज ,बुद्धभूमि ,कृष्णनगर नगरपालिका, मायादेबी गाउपालिका र शुद्धोधन गाउपालिकाले पनि दोस्रो चरणको तयारी गरिरहेका छन ।

२ पालिकामा विवादले ढिलाई 

लकडाउन थपहुदै जाँदा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने परिवार समस्यामा परेको गुनासो बढेपछि राहत वितरणको प्याकेज थपिदै गएको छ । सरकारले पूनः  लकडान थप्ने संकेत गरिसके पछि ज्यालादारी मजदुरी गर्ने अतिविपन्न तथा अशक्त वर्गकालागि राहतका प्याकेज थप्ने तयारीमा कपिलवस्तुका स्थानिय तह जुटेका न ।  महाराजगञ्ज नगरपालिका र यशोधरा गाउपालिकाले पहिलो चरणको राहत वितरणको काम ढिला गरि शुरु गरेका छन । यि २ स्थानियतहमा बिभिन्न विवादहरु समेत देखा परेकाथिए । महाराजगञ्जले वितरण गरेको राहतमा कुहिएको चामल भेटिएपछि विवादहुदा राहतको काम अघि बढ्न सकेको थिएन भने यशोधरामा राहत वितरण लुटिदा विवाद भएपछि राहतको काम अघि बढ्न सेकेको थिएन । यशोधरामा वडा नं १ मा १५० राहत सामग्री पठाउदा ८० प्याकेज राहत सामग्रुी लुटिएपछि ७० प्याकेज सामग्रीमात्र वितरण भएको थियो । अहिले भने महाराजगञ्ज र यशोधरामा विवाद समाधान भएपछि राहत वितरणको काम अघि बढ्न थालेको छ ।

स्थानियतहमा राहतको दररेट 

यसै बिच लकडानका बेला विपन्नवर्गलाई राहत दिएको चामल ,दाल ,तेल फरक–फरक मूल्यमा जिल्लाका स्थानिय तहले खरिद गरेका छन । सबै स्थानियतहको राहतको दररेटमा एकरुपता छैन । जिल्लाभित्र बाँडिएको मोटा चामल प्रतिकिलो ३८ रुपैयाँदेखि ५० रुपैयाँसम्ममा खरिद गरिएको पाईएको छ । यसै बिषयमा हामीले जिल्लाका १० वटै स्थानियतहले वितरण गरेको राहत सामग्रीमध्ये चामल ,दाल र तेलको मात्र दररेट बुझने कोशिस गरेका छौ ।  

शिवराज र बाणगंगा मितब्ययी  

बाणगंगा नगरपालिकाले नगरपालिकाले नगरका १९ सय ३४ घरपरिवारलाई राहतवितरण गरेको छ ।  सिद्धार्थ खाद्य उद्योगबाट चामल ३९.८१ रुपैयामा खरिद गरि बाँडेको छ । भने अरु उद्योगबाट दाल १०७.१२ रुपैया र तेल १६२.७० रुपैयामाखरिद गरि ११ वटै वडामा पहिलो र दोस्रो चरणमा गरि बाडेको प्रमुख प्रशासकिय अधिकृत चूरामण्ी पन्थीले बतानुभयो । यस्तै बुद्धभूमि नगरपालिकाले अहिलेसम्म २८ सय ५१ घरपरिवारलाई राहतवितरण गरेको छ । जसमा चामल दाल ,तेलको दररेट क्रमश ः ४२.३३, ११५ र १६७ ढुवानी सहित पर्न गएको नि.प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउत क्षेत्रीले जानकारी गराउनुभयो ।

         यस्तै शिबराज नगरपालिकाले अहिलेसम्म  १५ सय ८८ घरपरिवारलाई राहत सामग्री वितरण गरिसकेको छ । जसमा वितरण गरिएको चामल र दालको दररेट क्रमश ः ३८.५० , ११३ रहेको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । यस्तै कपिलवस्तु नगरपालिकामा करिब ४ हजार ७ सय ९ जनालाई राहत वितरण गरिएको छ । जसमा जसमा वितरण गरिएको चामल ,दाल र तेलको दररेट क्रमश ः ४० , ८० र १८६ रहेको छ । 

कृष्णनगर र मायादेविमा चामल महंगो 

        यसैगरि जिल्लाको कृष्णनगर नगरपालिकाले अहिलेसम्म ३२ सय ९३ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । राहत वितरण गरिएका चामलदाल र तेलको दररेट क्रमश ः ४४ , ७५ र १६० रुपैयारहेको छ  । यसैगरि मायादेबी गाउपालिकाले अहिलेसम्म ३ हजार ५० घरपरिवारलाई राहत सामग्री वितरण गरेको जनाएको छ । वितरण गरिएको चामल ,दाल र तेलको दररेट क्रमश ः ५०,८५ र १५५ मूल्य पर्न गएको प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थीले बताउनु भएको छ ।मायादेवी चामलकालागि सबै भन्दा उच्च दररेट चुक्ता गर्ने पालिका हो भने कृष्णनगर त्यसपछिको दोश्रोमा परेको छ । 

बिजयनगर पहिलो भन्दा दोश्रो सस्तो  

जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित गाउपालिका बिजयननगरले अहिले सम्म पहिलो दोस्रो चरणको राहत वितरण गरिसेकेको छ । जसमा पहिलो र दोस्रो चरणमा गरि गाउ पालिकाले २२ सय ८० घरपरिवारलाई राहत सामग्रीवितरण गरेको छ । गाउपालिकाले पहिलो र दोस्रो चरणमा वितरण गरिएको राहत सामग्रीको दररेट फरक फरक रहेको छ । पहिलो चरणमा वितरण गरिएको चामलको मूल्य प्रतिकेजी ४३ , दालको ८० र तेलको १६८ रहेको छ । भने दोस्रो चरणमा वितरण गरिएको चामको मूल्य ४२ ,दालको ७७ र तेलको १८० रुपैया पर्न गएको गाउपालिकाका प्रमुखप्रशासकिय अधिकृत गोबिन्द भट्राईले जानकारी गराउनु भयो ।

एक नगर तथ्य विहिन 

        यस्तै महाराजगञ्ज नगरपालिकामा पनि दररेटको विवरण माग्दा सबै वडाले फरक फरक मापदण्डमा रहेर राहत वितरण गरेको यकिन तथ्याङक नभएको जनाईएको छ । यसैगरि जिल्लाका ४ गाउपालिकाले पनि फरक फरक दररेटमा राहत सामग्री वितरण गरेका छन । शुद्धोधन गाउपालिकाले शुक्रबारसम्म २ हजार जना घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीका अनुसार सबै वडामा छुट्छुट्ै मापदण्ड र दररेट भएकोले एउटै विवरण नभएको बताउनु भएको छ । यस्तै यशोधरा गाउपालिका पनि सबै वडाले राहत सामग्री वितरण जारी राखेको हुनाले समग्र गाउपालिकाले यतिवितरण गरेको अभिलेख अझै नभएको जनाईएको छ । कति जनालाई कति सामाग्री बाडियो भन्ने एकिन विवरण गाउपालिकामा नरहेको वताइएको छ । 

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६