अर्थ-वाणिज्य

कृषि क्षेत्रलाई लकडाउन फ्रि घोषणा गर्न सभासद्को माग



परासी, १३ बैशाख । धानलगायत अन्य तरकारी र अन्नबाली लगाउने सिजन सुरु भइसकेको भन्दै प्रदेश ५ का सभासद् बैजनाथ जयसवालले कृषि कार्यलाई सहज बनाउन सरकारसँग माग गरेका छन् । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित सभासद् जैसवालले लकडाउनका कारण किसानहरु घर बाहिर निस्कन नसकेको अवस्थामा उनीहरुलाई आवश्यक पर्ने बिउबिजन र मलखाद घरमै पु¥याएर कृषि सेवालाई सहज बनाउन तीनै तहका सरकारसँग माग गरेका हुन् ।

     शनिबार प्रेस विज्ञप्ती निकाल्दै जयसवालले किसानहरुलाई समयमै बिउ र मलखादको व्यवस्था गर्न नसके उत्पादनमा कमि आउने र देशमा खाद्यन्न संकट निम्तिने निश्चित भएको भन्दै किसानहरुलाई आवश्यक पर्ने सवारीसाधनदेखि कृषि सम्बन्धिका सम्पूर्ण कार्यलाई सहज बनाउन माग गरेका हुन् । पश्चिम नवलपरासी जिल्लाका किसानहरु अहिले बिउबिजन र मलखाद पाउन नसक्दा बाली लगाउन नसक्ने अवस्थामा रहेको विज्ञप्तीमा उल्लेख छ ।  

         लकडाउनका कारण अर्थतन्त्रमा पर्न सक्ने प्रभावलाई कम गर्न सरकारले कृषि उत्पादनमा जोड दिएको जनाएपनि किसानहरुलाई सहज रुपमा सामाग्री उपलब्ध गराउन नसक्नु दुःखद भएको सभासद्को भनाई छ । सरकारले अत्यावश्यक सेवाको सूचीमा बिउबिजन र मलखाद बिक्री गर्ने पसल र संस्थालाई समावेश गरी किसानहरुका लागि विशेष कार्यक्रम ल्याउन सभासद् जयसवालले तीनै तहका सरकारसँग विज्ञप्ती मार्फत माग गरेका छन् ।  

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६