शिक्षा

प्रदेश ५ मा दुरशिक्षाको तयारी ,नयाँ शैक्षिक सत्र शुरु हुने संकेत



रुपन्देही १३ बैशाख लकडाउनका कारण रोकिएको पठनपाठनलाई नियमित गराउन प्रदेश ५ सरकारले दूर शिक्षाको तयारी थालेको छ । सामाजिक विकास मन्त्रालयले स्थानीय सरकारहरुसँग समन्वय गरेर ‘भर्चुअल’ कक्षा सञ्चालन गर्ने तयारी थालेको हो । कक्षा ९ भन्दा तलका कक्षाहरुको तत्काल नतिजा प्रकाशन गरेर नयाँ शैक्षिक सत्रका कक्षाहरु चलाउने ध्येय अनुसार भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले वताउनु भयो । 

            इन्टरनेट पहुँच हुने स्थानामा भर्चुअल कक्षा सञ्चालन गर्ने योजना छ, पहुँच नहुने स्थानमा रेडियोबाट वा अभिभावकबाटै पठनपाठन गराउनका लागि त्यस्तै किसिमका पुस्तकहरु तयार गरिन लागेको उहाँले वताउनु भयो । प्रदेश ५ मा ५ हजार ७ सय विद्यालयमा करिब ११ लाख विद्यार्थी अध्ययनरत छन् । मन्त्री बरालले दूर शिक्षाको अभ्यास गरिरहेका स्थानीय तहहरुलाई अनुदान दिएर थप सघाइने वताउनु भयो । 

    लकडाउनपछि प्रदेश ५ का ११ हजार विद्यार्थीको पठनपाठन रोकिएको छ । हालसम्म परीक्षाको नतिजा समेत प्रकाशित नभएकाले विद्यार्थीले नयाँ शैक्षिक सत्रको अध्ययन सुचारु गर्न सकेका छैनन् । तर, कतिपय स्थानिय सरकार र विद्यालयले आफ्नै सक्रियतामा ‘भर्चुअल’ कक्षा सञ्चालन गरिरहेका छन् । सामाजिक विकास मन्त्रालयले पठनपाठनका लागि मोवाइल एप निर्माण गरिरहेको छ । मन्त्री बरालले त्यो एपबाट विद्यार्थीलाई दैनिक गृहकार्य गराउने र शिक्षकले चेक गर्ने व्यवस्था समेत हुने वताउनु भयो ।  

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६