अन्तर्राष्ट्रिय

कोरोना कहरः २ लाख ३ हजार बढीको मृत्यु, संक्रमित २९ लाख नाघ्यो र अमेरिकामा ५४ हजार भन्दा धेरैको ज्यान गयो



एजेन्सी, १४ बैशाख । विश्वभर महमारीको रुपमा फैलिएको कोरोना भाइररसको कहर बढ्दै गएको छ । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघेको छ भने २९ लाख बढीमा यसको संक्रमण पुष्टि भइसकेको छ । समाचार तयार पार्दासम्म वल्डडोमिटर्सले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वमा कोरोना भाइरसका कारण २ लाख ३ हजार २ सय ६९ जनाको मृत्यु भएको छ  । विश्वका २९ लाख २० हजार ९ सय ५ जनामा कोरोना भाइरस संक्रमण भएके छ । संक्रमितमध्ये ८ लाख ३६ हजार ६ सय ८३ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्केका छन् ।  

            कोरोना भाइरसको कहरको चपेटामा अमेरिका परेको छ । अमेरिकामा ९ लाख ६० हजार ६ सय ५१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । अमेरिकामा ५४ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ । स्पेनमा २ लाख २३ हजार ७ सय ५९ जना कोरोना संक्रमित रहेकोमा २२ हजार ९ सय २ जनाले ज्यान गुमाइसकेका छन् । इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९५ हजार ३ सय ५१ छ। यीमध्ये २६ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ। जर्मनीमा कोरोना भाइरस संक्रमित १ लाख ५६ हजार ४ सय १८ जना छन् भने ५ हजार ८ सय ७३ जनाको मृत्यु भइसकेको छ । फ्रान्समा १ लाख ६१ हजार ४ सय ८८ जना कोरोना भाइरस संक्रमित रहेकाछन, जसमध्ये २२ हजार ६ सय १४ जनाको मृत्यु भएको छ । बेलायतमा १ लाख ४८ हजार ३ सय ७७ जना कोरोना भाइरस संक्रमित रहेकोमा हालसम्म २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ। टर्कीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ७३ पुगेको छ। यीमध्ये २ हजार ७ सय ६ जनाको मृत्यु भएको छ । 

        नेपालमा कोरोना भाइरसको पहिलो बिरामी गत माघ ९ गते फला परेका थियो । गत  वर्षको डिसेम्बर अन्तिम सातामा चीनको वुहानमा देखिएको यो भाइरस अहिले विश्वका २ सय १० देशमा फैलिसकेको छ । 

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६