अन्तर्राष्ट्रिय

प्रदेश ५ का मुख्य ४ नाकावाट आयात , कति आउछ दैनिक भारतीय तरकारी ? कसलाई छ आयात रोक्ने अधिकार ?



कपिलवस्तु १४ बैशाख भारतमा कोरोनाको जोखिम दिन दिनै वढदा पनि भारतिय तरकारी र फलफुल नेपाल आयात हुने क्रम रोकीएको छैन । प्रदेश नम्वर ५ का सुनौली, सुठौली, कृष्णनगर र नेपालगन्जवाट अझै सम्म पनि दैनिक सरदर २० गाडी तरकारी र फलफूल भित्रिएको हो ।  भारतिय तरकारी सवै भन्दा वढी भित्रिने नाका सुनौली हो । अन्य नाकावाट छिटपुट मात्रामा तरकारी भित्रीएका छन् । 

        प्रदेश नं. ५ हुदै भित्रीएका तरकारी मध्ये सवै भन्दा वढी आलु र प्याज रहेको छ । आलु र प्याजमा अहिले भारतिय उत्पादनको भरमा परेको छ । आलु र प्याज वाहेकका हरीया तरकारी पनि यी नाका हुदै नेपाल  आयात हुने गरेको छ । जवकी नेपालमा   उत्पादन भएका हरीया तरकारीले वजार पाउन नसक्दा कृषकहरु मारमा परेका छन ।  तरकारी विक्री नभएर कृषकलाई समस्या हुदा पनि भारतिय हरीया तरकारी निषेध गर्न  नसक्नु वा नखोज्नु आफैमा अनौठो मानिएको छ ।रुपन्देहीमा रहेको कृिष प्रयोगशाला बुटवलको विवरण अनुसार  भारतिय तरकारी आयात केहि घटेपनि अहिले सम्म आउने क्रम उल्लेख्य रुपमा रहेकोछ । ती तरकारी र फलफूल  विषाधी परीक्षणका लागी बुटवल स्थित प्रयोगशालामा आउने गरेको प्रमुख  उमा शंकर पाठकले वताउनु भयो । साविक लुम्विनीका भन्सार नाकावाट बैशाख २ देखि बैशाख ८ सम्मको आयात यस्तो छ । 

        बुटवल उपमहानगर पालिकाले बुटवल स्थित सब्जी मण्डीमा ल्याउन रोकेकोछ । तिलोत्तमा नगरपालिका रुपन्देही र बाणगंगा नगरपालिका कपिलवस्तुले भारतीय तरकारी आयातमा रोक लगाएकोछ । तर  सिमा जोडिएका शिद्धार्थ नगर नगरपालिका  भैरहवा , लुम्विनी साँस्कृतिक नगरपालिका,कपिलवस्तुका यशोधरा शुद्धोधन र मायादेवि गाउपालिका, कपिलवस्तु नगरपलिका, महाराजगंज र कृष्णनगर नगरपालिकाले खुलेयाम  हुने तरकारी आयातमा रोक लगाएका  छैनन् । त्यसो त प्रदेश ५ सरकार र संघिय सरकारले त आयात रोक्ने वारेमा कुनै धारणा पनि बनाएका छैनन् ।

        यता कृषि प्रयोगशाला बुटवलका उमा शंकर पाठकले  भन्नु भयो  हामीलाई कोरोना संक्रमणको जोखिम रहेको छ । विना सुरक्षा हामीले काम गर्नु परेको छ । हामी संग तरकारीमा विषाधी चेक गर्ने किट मात्र रहेको छ त्यो पनी केही दिनमा सकिन लागेको छ उहाले वताउनु भयो ।भैरहवा भन्सार कार्यलयका भन्सार अधिकृत पुर्ण प्रसाद लम्सालका अनुसार दैनिक २० देखि २५ ट्रकका  दरले हरीया तरकारी र फलफुल नेपाल आयात भई रहेका छन् । आलु र प्याज सहितजोड्दा  दैनिक सरदर ४० गाडी आयात भएको लम्सालले वताउनु भयो । लकडाउन हुनु अगाडी भन्दा यो संख्यामा धेरै गिरावट आएको छ । 

            भन्सार कार्यालय कृष्णनगरका प्रमुख विष्णु पौडेलका अनुसार ३ दिनवाट भारतिय  हरीया तरकारी आयात नभएको वताउनु हुन्छ । यता नेपालगंज हुदै भएको आयात छिटपुट मात्रामा भएको वताईएको छ । कृषकको दवावका कारण हरीयो तरकारी भित्रिन कमी आएको छ ।  कहिले काही आएको देखिन्छ  । नेपालकै उत्पादन खपत गर्ने स्थानिय तहको प्राथमिकता उच्च वन्दै दवाव पुगेमा भारतवाट आयात हुन छाड्ने नेपालगन्जका वरिष्ठ क्वारेन्टाईन अधिकृत खुमन वहादुर खत्रीले वताउनु भयो ।

        यता प्रदेश ५ कृषि भूमि तथा सहकारी मन्त्रालयका प्रबक्ता विनोद घिमिरेका अनुसार प्रदेश ५ सरकार एक्लैले भारतीय तरकारी आयातमा रोक लगाउन नसक्ने वताउनु भयो । भन्सार नाका हेर्ने काम संघिय सरकारको हो भन्दै प्रदेश सरकारले संघले नचाहदा सम्म केहि गर्न मिल्दैन उहाले भन्नु भयो । घिमिरेले सुनौली नाका हुदै आएको तरकारी राजधानी शहर देखि पोखरा सम्म पुग्ने भएकाले प्रदेश सरकारले अहिले सम्म त्यस्तो रोक लगाउने वारे कुनै निर्णय नगरेको प्रष्टयाउनु भयो ।     

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६