अन्तर्राष्ट्रिय

कोरोना कहरः २९ लाख ७१ हजार बढी संक्रमित, मृतकको संख्या २ लाख ६ हजार पार



एजेन्सी, १५ बैशाख । विश्वभर फैलिएको कोरोना भाइरसको महामहारीबाट  संक्रमण हुनेको संख्या २९ लाख ७१ हजार ९० पुगेको छ । विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार ४ सय १४ पुगेको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ मृत्यु हुनेको संख्या करिब ५५ हजार पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै रहेको छ । अमेरिकामा  ९ लाख ६५ हजार ४ सय ३५ जना संक्रमित भएका छन् ।

            त्यस्तै, स्पेनमा २ लाख २६ हजार ६ सय २९, इटालीमा १ लाख ९७ हजार ६ सय ७५, फ्रान्समा १ लाख ६२ हजार २ सय २०, जर्मनीमा १ लाख ५७ हजार ७ सय ७०, बेलायतमा १ लाख ५४ हजार ३७, टर्कीमा १ लाख १० हजार १ सय ३० लाई संक्रमण पुष्टि भएको छ ।

            त्यस्तै, इटालीमा २६ हजार ६ सय ४४, स्पेनमा २२ हजार ८ सय ५६, बेलायतमा २० हजार ७ सय ३२ को  मृत्यु भइसकेको छ । संक्रमितहरु निको हुने क्रम पनि बढेको छ। हालसम्म ८ लाख ६४ हजार १ सय २२ जना निको भइसकेका छन् । नेपालमा पनि ५२ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये १६ जनाको उपचारपछि निको भएर घर फर्किसकेका छन् । 

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६