एजेन्सी, १७ बैशाख । चिनमा पहिलो पल्ट देखा परेर विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट ३१ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाख १७ हजार भन्दा धेरैको मृत्यु भएको छ । विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणले यो समाचार तयार पार्दासम्म ३१ लाख ३८ हजार ११५ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख १७ हजार ९७० पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्ल्ेख छ ।
संक्रमित भएका ९ लाख ५५ हजार ७७० जना अस्पतालमा उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसको महामारीबाट अमेरिकामा मात्रै १० लाख ३५ हजार ७६५ जना संक्रमित भएका छन् । महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५९ हजार २६६ पुगेको छ । त्यस्तै इटालीमा मृतकको संख्या २७ हजार ३५९ पुगेको छ । इटलीमा संक्रमितको संख्या २ लाख १ हजार ५०५ पुगेको छ ।
स्पेनमा २३ हजार ८२२ जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार १२८ जना संक्रमित भएका छन् । फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट २३ हजार ६६० जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ९११ जना संक्रमित भएका छन् । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार ६७८ पुगेको छ । बेलायतमा संक्रमित हुनेको संख्या १ लाख ६१ हजार १४५ पुगेको छ । कोराना भाइरसका कारण मृत्यु र संक्रमणको दर बढ्दै गएको छ ।
प्रतिक्रिया