अर्थ-वाणिज्य

कोरोना नियन्त्रण कोषमा सामुदायिक वनले गरे सहयोग



रोल्पा, १७ बैशाख । रोल्पा– कोभिड १९  नियन्त्रण र रोकथामका लागि रोल्पाका सामुदायिक वन उपभोक्ता समितिले स्थानीय तहलाई सहयोग गरेका छन् । हालसम्म गाउँपालिकाभित्रका सामुदायिक वनबाट लाखौँ मूल्यको चामल, दाल, साबुन र मास्क प्राप्त भएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिनुभयो ।

            नुवागाउँस्थित सल्लेरी भित्ता सामुदायिक वन उपभोक्ता समूहले रु १५ हजार बराबरको सामान तथा ज्याडखोला सामुदायिक वन उपभोक्ता समूहले क्वारेन्टाइनमा आवश्यक  सामान खरीदका लागिरु रु  १४ हजार एक सय र गाउँपालिकाको कोरोना कोषमा रु ३४ हजार पाँच सय उपलब्ध गराएको वडा सदस्य धनबहादुर बस्नेतले जानकारी दिनुभयो । यसैगरि देउराली सामुदायिक वन उपभोक्ता समूह रामीडाडाले १५० घरधुरीलाई  मास्क र साबुुन वितरण गरेको छ । गाउँपालिकाले क्वारेन्टाइनमा बस्नेका लागि दैनिक प्रतिव्यक्ति रु एक सयका दरले रासन दिने गरेको छ । क्वारेन्टाइनका लागि वन समूहले दाउरासमेत सहयोग गरेको गाउँपालिका अध्यक्ष वलीले बताउनुभयो ।  

            जिल्ला बाहिर गएकाहरु भित्रिने क्रम बढेसँगै गाउँपालिकालाई सामुदायिक  वन उपभोक्ता समूहले सहयोग गर्न थालेका हुन् । रोजगारीका लागि अन्य जिल्ला तथा भारतमा गएकाहरु फर्किएपछि त्रिवेणी गाउँपालिकाभित्रका विद्यालय र सामुदायिक भवन भरिभराउ भएका छन् । गाउँपालिकाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बस्नेहरु एक हजार दुई सयभन्दा बढी रहेको गाउँपालिकाले जनाएको छ ।  (रासस)

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६