अन्तर्राष्ट्रिय

मे ५ मा इडीभी लोटरीको नतिजा नआउने



एजेन्सी, १७ बैशाख ।  सन् २०२१ का लागि गत अक्टोबरमा भरिएको इडीभी लोटरीको नतिजा स्थगित गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले नतिजा स्थगित गरेको जनाएको छ । सन् २०२१ का लागि गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म इडीभीको आवेदन खुलेको थियो । कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहँदा संक्रमण न्यूनिकरणका लागि लड्नुपरेकाले तत्काललाई इडीभीको नतिजा स्थगित गरिएको बताइएको छ ।

        मे ५ मा इडीभी लोटरीको नतिजा सार्वजनिक हुने तय भएकोमा उक्त मितिमा लोटरीको नतिजा नआउने भएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार इडीभी लोटरीको नतिजा अब जुन ६ मा मात्र सार्वजनिक गरिने छ ।  नतिजा आउनमा ढिलो भएपनि इडीभी परेकाहरुको अन्तरवार्ता भने अक्टोबर १ देखि नै सुरु हुने विदेश मन्त्रालयले जनाएको छ । 

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६