अन्तर्राष्ट्रिय

कोरोना भाइरसको उपचारमा संलग्न अमेरिकी डाक्टरद्वारा आत्महत्या



एजेन्सी, १७ बैशाख । अमेरिकामा कोरोना भाइरसको उपचार गरिरहेकी एक डाक्टरले आत्महत्या गरेकी छन्।  न्युयोर्कमा रहँदै आएकी डाक्टर लोर्ना ब्रीन म्यानहटेनको न्युयोर्क प्रेसबिटेरियन एलेन अस्पतालकी इमरजेन्सी डिपार्टमेन्टकी मेडिकल डाइरेक्टर रहेकी उनी आइतबार आत्महत्या गरेकी हुन्। लोर्ना ब्रीनका पिता डा फिलिपले उनले आफ्नो काम गर्ने कोसिस गरेकोमा उनको हत्या गरिएको बताए।  ४९ वर्षीया फिलिपले उनको छोरीमा कुनै पनि प्रकारको मानसिक बिरामी नभएको उल्लेख गरेका छन्। ब्रीनका बाबुका अनुसार उनी कोरोना भाइरसका बिरामीको उपचारमा खटिएकी थिइन्।

            यसरी कोरोनाका बिरामीको उपचार गर्दागर्दै उनी आफैं कोरोना संक्रमित भएकी थिइन्। उनी डेढ हप्ताको उपचारपछि काममा फर्केकी थिइन्। तर अस्पतालले उनलाई फेरि घर फर्काएको थियो। फिलिपको जब अन्तिम पटक छोरीसँग कुरा भयो उनी अर्कै व्यवहार गरिरहेकी थिइन्। न्युयोर्क प्रेसबिटेरियन एलेन अस्पतालले डा ब्रीन एक हिरो भएको बताएको छ। ‘डा ब्रिन अस्पतालको पातकालीन विभागको फ्रन्टलाइन हिरो थिइन्’ अस्पतालले भनेको छ‚ ‘उनले चुनौतीपूर्ण काम गर्दै उच्चतम आदर्श स्थापित गरेकी छन्। प्रहरी विभागले उनको मृत्यु भएको जनाएको छ। 

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६