अन्तर्राष्ट्रिय

कोरोना कहरः मृतकको संख्या २ लाख २८ हजार नाघ्यो, ३२ लाख १९ हजार बढी संक्रमित



एजेन्सी, १८ बैशाख । विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार १९४ पुगेको छ । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिए कोरोना भाइरसको महामारीबाट ३२ लाख १९ हजार २४२ मानिस संक्रमित भएको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।  कोरोना भाइरसको संक्रमणमा परेका १० लाख बढी मानिस उपचारपछि निको भइ घर फर्केका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ५५९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६७७ जना संक्रमित भएका छन् ।

                कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६१ हजार नाघेको छ ।  बितेको २४ घण्टामा थप २ हजार ३५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६१ हजार ६१८ पुगेको हो ।पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ५८६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ६३ हजार ३५१ पुगेको छ ।

           अमेरिकामा संक्रमितमध्ये १ लाख ४७ हजार ११४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख ५४ हजार ६१९ जनामध्ये १८ हजार ६७१ जनाको अवस्था गम्भीर छ । अमेरिकापछि दोस्रोमा कोरोना भाइरसको सबैभन्दा संक्रमण देखिएको स्पेनमा २ लाख ३६ हजार ८९९ जना संक्रमित भएका छन् । स्पेनमा मृतकको संख्या २४ हजार २७५ पुगेको छ । स्पेनमा १ लाख ३२ हजार ९२९ जना उपचारपछि निको भएका छन् । 

                इटालीमा मृतकको संख्या २७ हजार ६८२ पुगेको छ । कुल संक्रमितको संख्या २ लाख ३ हजार ५९१ पुगेको छ । इटालीमा संक्रमितमध्ये ७१ हजार २५२ जना उपचारपछि निको भएका छन् ।  कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २६ हजार ९७ जनाको मृत्यु भएको छ । कोरोना भाइरका कारण विश्वभर संकमित र मृत्यु हुनेहरुको संख्या बढ्दै गएको छ ।

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६