अर्थ-वाणिज्य

अर्घाखाँचीले आफ्नो निर्णय सच्चायो , छिमेकी जिल्लावाट तरकारी ल्याउने निर्णय



अर्घाखाँची १६ बैशाख अर्घाखाँची जिल्ला आफ्नै निर्णयमा १ हप्ता पनि टिक्न नसेको तथ्य पुष्टि भएको छ । एक हप्ता अघि छिमेकी जिल्लावाट आयात हुने तरकारीमा कडा रोक लगाएको अर्घाखाँची सो निर्णय सच्चाउन वाध्य भएकोहो । यसैबीच प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वदलीय ,सर्बपक्षीय बैठकले सन्धिखर्कमा छिमेकी जिल्लाबाट तरकारी ल्याउने निर्णय बुधवार गरेको छ ।


        कोरोना भाइरस  कोभिड १९  महामारिका कारण जिल्लामा भारतबाट आउने तरकारी तथा फलफुल रोकिएको थियो । रोग संक्रमण हुने खतराका कारण बाहिर जिल्लाबाट आउने तरकारि रोकिए पछि जिल्ला भित्र नै उत्पादन भएको तरकारी संकलन गरि बिक्री बितरण गर्ने गरिएको थियो ।तर  अहिले बजारमा स्थानीय उत्पादनले धान्न नसकेको र तरकारिको कमिभई उपभोक्ता लाई समस्या परेको जनगुनासो आय पछि तरकारि बाहिरि जिल्ला बाट ल्याउने निर्णय गरिएको हो । जनताले तरकारी खान नपाएको जनगुनासो प्रतिनिधीले गरेपछि यस्तो निर्णय भएको प्रजिअ पौडेलले वताउनु भयो ।  छिमेकि जिल्लाबाट  ल्याउदा शुरक्षित पूर्वक स्थानीय तहको सिफारिसमा उत्पादनको विल बिजक लिएर मात्र बिश्वाशिलो तवरमा तरकारि बिक्रेताहरूलाई सन्धिखर्क ल्याउन दिने निर्णय गरिएको छ ।

        राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का ,प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल ,उप प्रमुख ठाकुर कुमार बिक को विशेष आतिथ्यता रहेको बैठकमा सुरक्षा निकायका प्रमुख ,राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू ,जन प्रतिनिधि ,सरोकारवाला संस्थाका प्रमुख तथा प्रतिनिधिहरू ,पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६