अन्तर्राष्ट्रिय

भारतमा १ हजार ७९ जनाको मृत्यु, ३३ हजार बढी संक्रमित



एजेन्सी, १८ बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको हो । 

भारतमा एकैदिन थप १ हजार ७३८जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३३ हजार ६२ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।  भारतमा संक्रमितमध्ये ८ हजार ४३७ जना उपचारपछि निको भएर घर फर्किसकेका  छन् । २३ हजार ५४६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको भारतीय मिडियाहरुले जनाएका छन् । सार्क मुलुकमध्ये पनि भारतमा सबैभन्दै भन्दा बढी कोरोना भाइरसको प्रभाव भारतमा देखा परेको छ ।   कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १६ औं स्थानमा पर्छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ । 

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६