एजेन्सी, १८ बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको हो ।
भारतमा एकैदिन थप १ हजार ७३८जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३३ हजार ६२ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । भारतमा संक्रमितमध्ये ८ हजार ४३७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । २३ हजार ५४६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको भारतीय मिडियाहरुले जनाएका छन् । सार्क मुलुकमध्ये पनि भारतमा सबैभन्दै भन्दा बढी कोरोना भाइरसको प्रभाव भारतमा देखा परेको छ । कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १६ औं स्थानमा पर्छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।
प्रतिक्रिया