एजेन्सी, २० बैशाख । विश्वमा महामारीका रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ५६६ पुगेको छ । कोरोना महामारीका कारण ३४ लाख ९० जना मानिस संक्रमित भएको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ८० हजार १५३ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।
शनिबार विहान सम्म संक्रमितको उपचाररत ५१ हजार ३५२ जनाको अवस्था गम्भीर छ । त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ९९ हजार ६३ जना संक्रमित छन् । एकै दिन २५ हजार ९१८ जना नयाँ संक्रमित थपिएका छन् ।
एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ३३ हजार बढी छ। उत्तर अमेरिकी मूलुकहरुमा १२ लाख २४ हजार ९४० जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ९० हजार ९९ जनामा संक्रमण देखिएको छ । ९ हजार ४८० जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको महामारीले सबैभन्दा धेरै क्षति पुर्याएको अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६५ हजार नाघेको छ । ४ महिना अघि चिनको बुहानमा देखा परेर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमै आर्थिक मन्दीमा जाने निश्चित प्रायः छ ।
प्रतिक्रिया