अर्थ-वाणिज्य

कपिलवस्तुका थोक बिक्रेताले मूल्यबृद्धि गरेको ठहर,घटाउन निर्देशन, अटेर गरे करवाही हुने चेतावनी



कपिलवस्तु २० बैशाख । नेपालमा जारी लकडाउनका बेला कपिलवस्तुमा खानेतेल,दाल, चामल र पीठो जस्ता खाद्य सामाग्रीमा  मूल्यबृद्धि भएको पाइएको छ । बाणिंज्य तथा आपूर्ति विभाग, जिल्ला प्रशासन कार्यलय ,उपभोक्ता हितसंरक्षण मञ्च र पत्रकार महासंघको संयुक्त अनुगमनले यस्तो निष्कर्ष निकाल्दै मूल्यबृद्धिमा संलग्न थोक ब्यापारीलाई तत्काल पहिलेकै मूल्यमा बिक्री गर्न निर्देशन  दिएको छ । लकडाउनका बेला वजारमा मूल्य अस्थिरता र कालोवजारी देखिए कडा कारवाही गर्न प्रमाण संकलन गरेको वताउदै  वाणिंज्य तथा आपूर्ति विभागका प्रतिनिधी एंव घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख राजन केसीले सरकारले अनियमितता रोक्न कठोर हुन निर्देशित गरेको सो अवसरमा स्पष्ट पार्नु   भयो । 


            जिल्लाको राजमार्ग क्षेत्रका थोक विक्रेता देखि खुद्रा ब्यापारीका पसलहरुमा पुगेर उनीहरुको मूल्यसूची र दररेट वारे अनुगमन गरिएको वताउदै थोक विक्रेतालाई तत्काल मूल्य घटाएर सूची टासगर्न अन्यथा कारवाहीकालागि तयार रहन निर्देसित गरिएको बाणिंज्य तथा आपूर्ति विभागको प्रतिनिधि एवं घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख राजन केसीले वताउनु भयो । यता वजार अनुगमनका वखत अत्यावश्यक सामान खरिद गर्न पसलमा आएका उपभोक्ताले पनि लकडाउनका मौकामा तरकारी वाहेकका अरु सबै खाद्य सामाग्रिमा मूल्य बढेको अनुगमनमा आएका अधिकारी समक्ष गुनासो गरेका थिए । सोही क्रममा  खुद्रा ब्यापारीले थोक विक्रेताले ५ देखि १० प्रतिशत सम्म मूल्य बढाएको बजार अनुगमन समितिलाई जानकारी दिएका थिए ।थोक ब्यापारीले समेत मूल्य बढाएको स्वीकार्दै तत्काल घटाउन तयार रहेको जनाए ।  


        खुद्रा ब्यापारीवाट थोक विक्रेताले मूल्य बढाएको गुनासो आएपछि कपिलवस्तुको सबैभन्दा ठूलो क्षमताको विक्रेताका पसलमा पुगेको अनुगमन टोलीले बजार मूल्यमा  बृद्धि भएको  भेटिएको भन्दै तत्काल पूर्ववत मूल्यमा सामान बेच्न निर्देशन दिदै लागु नभए कनुनी करवाही गर्ने चेतावनी दिएको थियो । थोक विक्रेताले मूल्यमा भएको बृद्धिवारे स्वीकार्दै मूल्य घटाउन तयार रहेको थोक मध्येका एक विक्रेता श्रीधर पौडेलले प्रतिवद्धता  जाहेर गर्नु भयो ।  यता कालो बजारी गरेको भेटिए उद्योग वाणिंज्यसंघले  कसैलाईपनि कारवाहीवाट बचाउन नसक्ने भन्दै सचेत रहन ब्यापारीलाई उद्योग वाणिंज्यसंघ कपिलवस्तुका अध्यक्ष उमानाथ पौडेलले  आग्रह गर्नु भयो ।तर अहिले सम्म्म सामान्य मूल्यबृद्धि भएको वाहेक कलोवजारी भएको पाइएको वताउनु भयो । 

        संयुक्त अनुगमनले वजारमा अस्थिरता पैदा गर्न उपभोक्तामाथि चर्काे मूल्य असुल्न भैरहेका चलखेल प्रति केहि हदसम्म ब्रेक लगाउने प्रयास गरेको उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तुका अध्यक्ष भेषराज पाण्डेले तर्क गर्नु भयो । लामो समययको लकडाउन ,आपूर्तिमा देखा पर्ने अस्थिरता र राज्यका अनुगमन गर्ने निकायको निस्कृयताले कालोवजारी हुने ठानेर  अनुगमन गरिएको हो । 

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६