एजेन्सी, २१ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृतकको संख्या १३ सय २३ पुगेको छ । त्यस्तै संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ । भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १ सय जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १ सय जनाले ज्यान गुमाएसँगै मृतकको संख्या बढेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।
भारतमा एकैदिन थप २ हजार ४४२ जनामा संक्रमित देखिएका छन् । भारतमा संक्रमितमध्ये १० हजार ८१९ जना उपचारपछि निको भएका छन् । २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सार्क मुलुकमा पनि भारत भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।
विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । कोरोना भाइरसका कारण अहिले अमेरिका आक्रान्दै बन्दै गएको छ ।
प्रतिक्रिया