अन्तर्राष्ट्रिय

कोरोना कहर : मृतकको संख्या २ लाख ४४ हजार नाघ्यो, ३४ लाख ८१ हजार बढी संक्रमित



एजेन्सी, २१ बैशाख । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ६६० पुगेको छ । कोरोना भाइरसको महामारीबाट ३४ लाख ८१ हजार १६२ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणमा परेका ११ लाख ८ हजार २९५ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । २१ लाख २७ हजार बढीको संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५० हजार ८६० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।

            त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १४ लाख २४ हजार ३६४ जना संक्रमित छन् भने १ लाख ३९ हजार ४१० जनाले ज्यान गुमाएका छन् । एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ४५ हजार ५४४१ पुगेको छ । अहिलेसम्म १९ हजार ३२० ले ज्यान गुमाएका छन् ।  कोरोना भाइरसको महामारीले सबैभन्दा धेरै क्षति पु¥याएको अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६७ हजार नाघेको छ ।

            अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार बिहान सम्म १ हजार ६४३ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६७ हजार ३९६ पुगेको छ । अमेरिकामा एकैदिन २८ हजार ५३४ बढीमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ११ लाख ५९ हजार ५६४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ६० जना ७०५ उपचारपछि निको भएका छन् । १६ हजार ४७५ जनाको अवस्था गम्भीर रहेको छ । ९ लाख ३१ हजार ४६३७ जना उपचाररत छन् ।

प्रकाशित : २१ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६