एजेन्सी, २१ बैशाख । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ६६० पुगेको छ । कोरोना भाइरसको महामारीबाट ३४ लाख ८१ हजार १६२ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणमा परेका ११ लाख ८ हजार २९५ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । २१ लाख २७ हजार बढीको संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५० हजार ८६० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १४ लाख २४ हजार ३६४ जना संक्रमित छन् भने १ लाख ३९ हजार ४१० जनाले ज्यान गुमाएका छन् । एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ४५ हजार ५४४१ पुगेको छ । अहिलेसम्म १९ हजार ३२० ले ज्यान गुमाएका छन् । कोरोना भाइरसको महामारीले सबैभन्दा धेरै क्षति पु¥याएको अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६७ हजार नाघेको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार बिहान सम्म १ हजार ६४३ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६७ हजार ३९६ पुगेको छ । अमेरिकामा एकैदिन २८ हजार ५३४ बढीमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ११ लाख ५९ हजार ५६४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ६० जना ७०५ उपचारपछि निको भएका छन् । १६ हजार ४७५ जनाको अवस्था गम्भीर रहेको छ । ९ लाख ३१ हजार ४६३७ जना उपचाररत छन् ।
प्रतिक्रिया