कपिलवस्तु २१ बैशाख
कपिलवस्तु नगरपालिकाको वडा नं ६ थुमुवाका राम प्रसाद वरई भारतको वम्वईमा अलपत्र परेका छन् । उनी सहित २ जना लकडाउनका कारण कोठामा थुनिएर बस्दै जाँदा आर्थिक श्रोत साधनको अभावमा ३ दिनदेखि पानी वाहेक कुनै चीज खान नपाएर अलपत्र भएको वताएका छन् । हवाटसएपमा बुद्ध आवाज टेलिभिजनको सम्पर्कमा आएका बरईले आफू सारै समस्यामा परेको भन्दै खान नपाएर मर्ने निश्चित भएको वताएका छन् । ३ दिनभयो केहि खान पाइकाृ छैनौं । अव यसरी कतिदिन वाचिएला र भन्दै हार गुहार मागेकाछन् । उनले आफू थुमुवा स्थित ऊँकार वढईको छोरा भएको वताउदै भनेका छन् म र मेरो साथीलाई बचाउनोस । खान नपाएर मर्ने निश्चित भयाो । उनी ठेकेदार मार्फत काम गर्ने कन्ट्रयाक लेवर हुन। बुद्ध आवाज टिभिको हवासएपमा उनले रुदै आफ्नो समस्या वताएको भिडियो र अडियो क्लीप पठाएका छन् । उनको भारतीय नम्वर ९१७०३९३७६३९४ रहेको छ ।
प्रतिक्रिया