अर्थ-वाणिज्य

वैंकहरुमा उच्च भीड ,सामाजिक दुरी कायम नहुँदा संक्रमणको जोखिम बढ्यो,बैक केन्द्रित सुरक्षा प्रबन्ध आवश्यक



कपिलवस्तु २१ वैशाख । कपिलवस्तुको सदरमुकाम तौलिहवामा वैंकको कारण कोरोनाको जोखिम वढेको छ । लकडाउनको वेलामा वैंकहरु संचालन हुदा अत्याधिक भिडभाड भएको छ । यहाका वैंकहरुमा भएको भिडलाई नियाल्ने हो भने, कोरोना संक्रमणको धेरै जोखिम देखिन्छ । वैंकहरुले २ घण्टे सेवा संचालन गर्दा सेवा ग्राहीको निक्कै नै भिड लाग्ने गरेको हो । सिमित समयका लागी वैंकहरु खुल्दा सेवाग्राही लाईन लागेर वसेपनि भीड बढ्दै जादा धकेलाधकेल सम्मको अवस्था आउने गरेको सेवाग्राहीको गुनासो छ  । लाईन लाग्दा समाजिक दुरी कायम भएको छैन । 


        यहाका मुख्य वैंकमा मानिसको घुईचो लागेको छ । आईतवारको दिन राष्ट्रिय वाणिज्य वैंक, एभरेष्ट वैंक, कृषी विकास वैंक, लक्ष्मि वैंकमा सेवा ग्राहीको निक्कै भिडभाड देखिन्थ्यो । विहान १० देखी १२ वजे सम्म वैंक संचालन हुदा सेवा ग्राही लाईनमा पालो कुरेर वसेका थिए । वैंकमा मात्र नभई वाणिंज्य वैंक अगाडीको रेमिटान्स कारोवार स्थलमा समेत घुईचो लागेको थियो । कसौधन मनी ट्रान्सफरमा रकम लिन र दिनका लागी मानिसहरु हानथाप गरेका देखिन्थे । भिडभाड वढी भएको नियन्त्रण गर्न २ जना प्रहरी समेत देखिन्थे । राष्ट्रिय वाणिज्य वैंक र एभरेष्ट वैंकमा प्रहरी सुरक्षा समेत देखिन्थ्यो । यता धेरै भिडभाडका भएको हुदा प्रहरीले नियन्त्रणमा लिन सकेका थिएनन ।

        भिड नियन्त्रण गर्न वसेका प्रहरीहरुमा समेत जोखिम रहेको छ । त्यहा रहेका प्रहरी कपडाको मास्क मात्र प्र्रयोग गरेका थिए । कपडाको मास्कमा कोरोना भाईरस रोक्न सक्ने क्षमता हुदैन ।  वैंकहरुमा मानिसको भिडभाड वढदा सदरमुकाम वासी समेत त्रसित वनेका छन । तौलिहवामा रहेका पत्रकार मनोज कुमार श्रीवात्सवका अनुसार वैंकमा आएका सेवा ग्राहीले सामाजिक दुरी कायम नगर्दा सदरमुकाममा कोरोनाको जोखिम वढेको वताउनु भयो ।    

भिडभाड नियन्त्रणका लागी प्रशासनले तत्काल पहल गर्नु पर्ने आवश्यकता रहेको श्रीवास्वतले वताउनु भयो ।यता प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पाण्डेले बैकहरुमा धेरै भीड बढेको जानकारी पाएको वताउदै सामाजिक दुरी कायम नगरि बैक संचालन गर्न नमिल्ने औल्याउनु भयो । प्रहरीलाई बैक केन्द्रित सुरक्षा प्रबन्ध मिलाउन आ्रह गरि सकेको उहाको भनाइ छ । 

प्रकाशित : २१ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६