अर्थ-वाणिज्य

ईटा ब्यवसायी धरासायी ,उत्पादनमा ५० प्रतिशत कमी आउने, इटटाको चरम अभाव हुने



कपिलवस्तु २२ वैशाख  । ईट्टा उत्पादनको मुख्य  सिजनमा निरन्तर वर्षा हुदा ईट्टा ब्यवसायी धरासायी बनेको नेपाल ईट्टा उद्योग महासंघका प्रथम उपाध्यक्ष सफर अलिमियाले बताउनु भएको छ । महासंघका केन्द्रिय प्रथम उपाध्यक्ष मियाले निरन्तरको वर्षाका कारण ईट्टा उत्पादनमा ५० प्रतिशत कमी आएको दावी गर्नु भएको छ ।जसका कारण एकातिर चरम अभाव हुने भएकोछ भने अर्काेतर्फ ब्यावसायी पनि टाट पल्टीने अधिक संभावना देखा परेकोछ । 

         नेपाल ईट्टा  उद्योग महासंघका प्रथम उपाध्यक्ष सफर अलिमियाले कपिलवस्तु जिल्लामा ७७ र रुपन्देही जिल्लामा ५७ वटा र नवलपरासी जिल्लामा २० वटा गरी १ सय ५४  वटा उद्योग संचालनमा रहेकोमा वर्षाका कारण आधा बढी ईट्टा उद्योग बन्द भएको दावी गर्नु भयो । प्रथम उपाध्यक्ष  अलिमियाले सरकारले ६ महिना सम्म वैंकको सम्पूर्ण ब्याज किस्ता रोक्न आग्रह गर्दै आगामी बजेटमा ईट्टा उद्योगलाई सुलभ ब्याज दरमा कर्जा प्रवाह गर्न माग गर्नु भएको छ । 

        महासंघ प्रथम उपाध्यक्ष सफर अलिमियाले सरकारको पहलमा काचो ईट्टाको बिमाका निम्ति पहल गर्न आग्रह गर्नु भएको छ । त्यस्तै ईट्टा उद्योगमा भारतीय कामदार रहेको र भारतमा लकडाउन लम्बिएको कारण मजदुर घरफर्कन कठिन भएको भन्दै त्यसको ब्यवस्थापनमा सरकारलाई सहयोग गर्न आग्रह गर्नु भएको छ । 

प्रकाशित : २२ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६