कपिलवस्तु २२ वैशाख । ईट्टा उत्पादनको मुख्य सिजनमा निरन्तर वर्षा हुदा ईट्टा ब्यवसायी धरासायी बनेको नेपाल ईट्टा उद्योग महासंघका प्रथम उपाध्यक्ष सफर अलिमियाले बताउनु भएको छ । महासंघका केन्द्रिय प्रथम उपाध्यक्ष मियाले निरन्तरको वर्षाका कारण ईट्टा उत्पादनमा ५० प्रतिशत कमी आएको दावी गर्नु भएको छ ।जसका कारण एकातिर चरम अभाव हुने भएकोछ भने अर्काेतर्फ ब्यावसायी पनि टाट पल्टीने अधिक संभावना देखा परेकोछ ।
नेपाल ईट्टा उद्योग महासंघका प्रथम उपाध्यक्ष सफर अलिमियाले कपिलवस्तु जिल्लामा ७७ र रुपन्देही जिल्लामा ५७ वटा र नवलपरासी जिल्लामा २० वटा गरी १ सय ५४ वटा उद्योग संचालनमा रहेकोमा वर्षाका कारण आधा बढी ईट्टा उद्योग बन्द भएको दावी गर्नु भयो । प्रथम उपाध्यक्ष अलिमियाले सरकारले ६ महिना सम्म वैंकको सम्पूर्ण ब्याज किस्ता रोक्न आग्रह गर्दै आगामी बजेटमा ईट्टा उद्योगलाई सुलभ ब्याज दरमा कर्जा प्रवाह गर्न माग गर्नु भएको छ ।
महासंघ प्रथम उपाध्यक्ष सफर अलिमियाले सरकारको पहलमा काचो ईट्टाको बिमाका निम्ति पहल गर्न आग्रह गर्नु भएको छ । त्यस्तै ईट्टा उद्योगमा भारतीय कामदार रहेको र भारतमा लकडाउन लम्बिएको कारण मजदुर घरफर्कन कठिन भएको भन्दै त्यसको ब्यवस्थापनमा सरकारलाई सहयोग गर्न आग्रह गर्नु भएको छ ।
प्रतिक्रिया