कोशी

८ जनामा दादुरा संक्रमण



 विराटनगर २२ वैशाख । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला मोरङको उर्लाबारी नगरपालिका १ र ३ मा एकै पटक आठ जनामा दादुराको संक्रमण देखिएको छ । संक्रमित मध्ये ७ जना वडा नम्बर ३ र एक जना वडा नम्बर १ का स्थानीय हुन् ।शुक्रबार ९ जनाको रगतको नमुना संकलन गरेर लगेकोमा उनीहरुमध्ये ८ जनामा दादुरा संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय मोरङका खोप अधिकृत रामनन्दन यादवले जानकारी दिए ।विश्व स्वास्थ्य संगठनको फिल्ड अधिकृत डा। सरु देवकोटाको नेतृत्वमा प्रदेश १ का सामाजिक विकास मन्त्रालयका स्वास्थ्यकर्मीहरुको टोलीले ९ जनाको रगतको नमुना शुक्रबार संकलन गरेको थियो । रगत परीक्षणमा दादुरा पुष्टि भएपछि विश्व स्वास्थ्य संगठनले आइतबार प्रतिवेदन पठाएको छ ।उर्लाबारी नगरपालिकाका स्वास्थ्य संयोजक तोयानाथ घिमिरेका अनुसरा उनीहरु सात वर्षदेखि २५ वर्ष उमेरका रहेका छन् ।

 उनले दादुराको संक्रमण देखिएका आठै जना दादुरा खोपमा सहभागी नभएको पाइएको जानकारी दिए । तर उनीहरुलाई हालसम्ममा दुई पटक भिटामिन ए खुवाइसकेको र उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख र सामान्य रहेको घिमिरेले बताए ।जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले दादुरा फैलिएकाले प्रदेश र संघीय सरकारलाई यस बारेमा जानकारी गराइसकेको बताए । उनले उर्लाबारीमा अन्य परिवार र व्यक्तिमा दादुरा सर्न नदिनका लागि आवश्यक सावधानीका उपाय अपनाइएको जानकारी दिए ।दादुरा उन्मुलनका लागि सरकारले मोरङमा हालै नवौं पटक खोप अभियान सञ्चालन गरेको थियो । अन्तिम पटक गएको १६ फागुनमा उर्लाबारीमा दादुरा रुवेला खोप अभियान सञ्चालन भएको थियो ।उर्लाबारीको ९ वटै वडाका ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा रुवेलाको खोप विभिन्न २६ वटा केन्द्रमार्फत लगाउने कार्य भएको थियो ।

प्रकाशित : २२ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६