अन्तर्राष्ट्रिय

विदेशबाट भारतले आफ्ना नागरिकको उद्दर गर्ने



एजेन्सी, २३ बैशाख ।  भारत सरकारले विदेशमा फसेका आफ्ना नागरिक तथा मजदुरहरुलाई स्वदेश फर्काउने भएको छ । कोरोना भाइरस फैलिन नदिन लकडाउन गरिएका कारण विदेशमा अलपत्र परेकाहरुलाई हवाई जहाज र जल सेनाको पानी जहाजमार्फत् स्वदेश फर्काउन लागेको भारत सरकारले जनाएको छ । भारतीय गृह मन्त्रालयका अनुसार उद्धारको प्रक्रिया मे महिनाको ७ तारिखदेखि सुरु हुने छ । विदेश मन्त्रालय र उच्चायोगले विदेशबाट उद्धार गर्ने भारतीय नागरिकहरुको सूची तयार गरिरहेका छन् । स्वदेश फर्किदा लाग्ने भाडा उनीहरु आफैले तिर्नु पर्ने गृह मन्त्रालयले जनाएको छ ।

            नागरिकहरु उडान भर्नुअघि यात्रुहरुको स्वास्थ्य जाँच हुनेछ । कोरोना भाइरस संक्रमणको लक्षण नभएकाहरु मात्रै स्वदेश ल्याइने छ । आफ्नो देश आएपछि उनीहरुलाई पुनः स्वास्थ्य जाँच गर्ने र अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने छ । १४ दिन क्वारेन्टाइनमा बसेपछि फेरि कोरोना परीक्षण गर्ने र त्यसपछि पनि संक्रमण नदेखिएकाहरुलाई मात्र  घर जान दिइने छ ।

कोराना भाइरसको संक्रमण रोक्ने उद्देश्यले भारतले २३ मार्चदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । २४ मार्चदेखि सुरु भएको लकडाउन १७ मेसम्म कायम छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न धेरै देशहरुले लकडाउनमा छन् ।  विदेशमा रहेका नेपालीहरुले पनि आफूहरुलाई स्वदेश फर्काउन माग गरिरहेका छन् तर नेपाल सरकारे भने विदेशमा रहेका नेपालीका सम्बन्धमा कुनै निर्णय गरेको छैन ।

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६