पर्यटन

२५६४ औ बुद्ध जयन्ती बिशेष :२५ गते घरघरमा दिपावली गर्न कोषको अपिल



कपिलवस्तु २४ वैशाख नेपाल सरकारले २५६४ औँ बुद्ध जयन्तीको अवसरमा वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । मंगलवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा बुद्धजयन्तीकै शुभ अवसरमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।
            
      संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका अनुसार उक्त दिन बुद्ध जयन्ती परेको र लकडाउनका कारण बुद्ध जयन्ती मनाउन नसकिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ घरघरमा दीपावली गर्न आग्रह गर्नु भएको हो।’यसअघि प्रधानमन्त्री ओलीले देशवासीलाई वैशाख १ गते बिहान राष्ट्रिय गान गाउन आग्रह गर्नु भएको थियो । 

    लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन्द्र राईले लकडाउनका वेला बुद्धत्वको स्मरणमा हरेक घरघरमा दिप प्रज्ज्वलन हुनु  नेपालीको भावनात्मक एकताको प्रतिक हुने वताउनु भयो । उता कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले बुद्धजन्म स्थल लुम्बिनी तथा बुद्धस्थल तिलौराकोट, कुदान, रामग्रम लगायतका स्थानमा दिप प्रज्वनल गरिने बताउनु भयो । लकडाउनको पालन गर्दै सामाजिक दुरी कायम गरी दिप प्रज्वलन गरीने कार्यकारी सदस्य ज्ञवालीले प्रेसपाटीलाई जानकारी दिनुभयो ।

   वुद्ध जयन्तीको दिन परेकाले वुद्ध जयन्ती मनाउन र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलनको आह्वान गरिएको हो । यस बर्ष बैशाख २५ गते लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन पनि आयोजना गरेको थियो । तर कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ ।

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६