कपिलवस्तु २४ वैशाख ।नेपाल सरकारले २५६४ औँ बुद्ध जयन्तीको अवसरमा वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । मंगलवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा बुद्धजयन्तीकै शुभ अवसरमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका अनुसार उक्त दिन बुद्ध जयन्ती परेको र लकडाउनका कारण बुद्ध जयन्ती मनाउन नसकिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ घरघरमा दीपावली गर्न आग्रह गर्नु भएको हो।’यसअघि प्रधानमन्त्री ओलीले देशवासीलाई वैशाख १ गते बिहान राष्ट्रिय गान गाउन आग्रह गर्नु भएको थियो ।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन्द्र राईले लकडाउनका वेला बुद्धत्वको स्मरणमा हरेक घरघरमा दिप प्रज्ज्वलन हुनु नेपालीको भावनात्मक एकताको प्रतिक हुने वताउनु भयो । उता कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले बुद्धजन्म स्थल लुम्बिनी तथा बुद्धस्थल तिलौराकोट, कुदान, रामग्रम लगायतका स्थानमा दिप प्रज्वनल गरिने बताउनु भयो । लकडाउनको पालन गर्दै सामाजिक दुरी कायम गरी दिप प्रज्वलन गरीने कार्यकारी सदस्य ज्ञवालीले प्रेसपाटीलाई जानकारी दिनुभयो ।
वुद्ध जयन्तीको दिन परेकाले वुद्ध जयन्ती मनाउन र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलनको आह्वान गरिएको हो । यस बर्ष बैशाख २५ गते लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन पनि आयोजना गरेको थियो । तर कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ ।
प्रतिक्रिया