अन्तर्राष्ट्रिय

केमिकल प्लान्टबाट ग्यास लिक हुँदा ८ जनाको मृत्यु



काठमाडौं २५ वैशाख। भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी कमिसनर आरके मीनाका अनुसार, तीन जनाको घटनास्थलमै र बाँकी पाँच जनाको किंग जर्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।अहिलेसम्म ग्यास के कारणले लिक भएको हो भन्ने खुल्न सकेको छैन । प्लान्टको व्यवस्थापनविरुद्ध मुद्दा दायर गरिएको छ ।प्रहरीले आसपासका ५ गाउँ खाली गरेको छ ।

                   उनीहरुलाई मेघाद्री गेड्डा र अन्य स्थानमा सारिएको छ । धेरै मानिसले आँखा पोल्ने र सास लिन गाह्रो भइरहेको बताएका छन् । विशेषगरी वृद्ध र साना बालबालिकामा श्वासप्रश्वासको समस्या देखिएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत यस विषयमा अधिकारीहरूसँग छलफल भइरहेको बताउँदै सबै सुरक्षित र स्वस्थ रहून् भन्ने कामना गरेका छन् ।स्थानीय समयअनुसार, बिहान साढे तीन बजे यो घटना भएको बताइएको छ । यो ग्यास प्लान्टबाट तीन देखि पाँच किलोमिटरसम्म फैलिएको अनुमान छ । यो प्लान्ट एलजी पोलिमर्स इन्डिया प्रांइभेट लिमिटेडको हो ।जिल्ला अधिकारी विनय चाँदका अनुसार दुर्घटनामा करिब दुई सय मानिस बिरामी परेका छन् ।

स्रोत : बीबीसी

प्रकाशित : २५ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६