पर्यटन

मैत्रेय महास्थविर सहित सबै टेम्पलका प्रमुख भिक्षुद्वारा लुम्विनीमा बिशेष पूजा, मुख्यमन्त्री पोख्रेलद्वारा साझ लुम्विनीमा दिप प्रज्ज्वलन हुने



   कपिलवस्तु २५ बैशाख । २५६४ औँ बुद्ध जयन्तीको अवसरमा लुम्विनीमा बिशेष पूजा गरिएकोछ । नेपाल भिक्षु महासंघका केन्द्रिय अध्यक्ष भिक्षु मैत्रेय महास्थवीरले पूजाको शुभारम्भ गर्दै दिप प्रज्ज्वलन गर्नु भएको हो । मैत्रेय महास्थविर सहित सबै टेम्पलका प्रमुख भिक्षुद्वारा  लुम्विनीमा बिशेष पूजा गरिएको हो । सामाजिक दुरी कायम गरि दिप प्रज्वलन  , परित्राण पाठ एवं बुद्ध पुजाका साथ मनाइएको छ ।  राष्ट्रब्यापी रुपमा २५६४ औँ बुद्ध जयन्तीकोको अवसरमा गरिने दिप प्रज्ज्वलनको प्रधानमन्त्री केपि ओलीले काठमाण्डौमा गर्नु हुने छ ।


    यता  गौतम बुद्धको जन्म स्थल लुम्विनीमा  दिप प्रज्वलन कार्यक्रमको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंखर पोख्रेलले बीहिवार साझ ७ वजे एक संक्षिप्त समारोहका बीच गर्ने लुम्विनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानेन्द्र राइले वताउनु भएकोछ । लुम्विनी  भगवान बुद्धको जन्मस्थल एवम बौद्ध धर्मको उद्भव  भुमि तथा विश्व शान्तिको मुहान भन्ने नाराका साथ बुद्ध जयन्तिको मनाइएको हो । 

    अन्तराष्ट्रिय स्तरको सहभागितावाट मनाइने बौद्ध सम्मेलन कोरोना भाईरसको महामारीका कारण रुप परिवर्तन गरि सिमित कार्यक्रम र उपस्थितीका साथ मनाइएको कोषका कार्य समिति सदस्य राजेश ज्ञवालीले वताउनु भयो । यसवर्ष हरेक नेपालीले घरमै  बुद्ध पूजा गर्नेछन् । परित्राण पाठ  र दीप प्रज्वलन गर्नेछन् ।  नेपाल सरकारले पनि बुद्ध जयन्तीको अवसरमा घर–घरमा दीपावली गर्न आह्वान गरेको छ ।

    नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार यो वर्षको बुद्ध जयन्तीको अवसरमा बुद्ध सन्देशलाई विश्वव्यापी बनाउन कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मान गर्दै कोरोनाबाट ज्यान गुमाउनेको आत्माको शान्तिको कामना गर्ने उदेश्य राखिएको छ ।  विश्वले नै यो रोगबाट मुक्ती पाओस  भन्दै देशका विभिन्न धार्मिक ,सांस्कृतिक ,सार्वजनिक तथा निजि स्थलमा दिप प्रज्वलन गर्न  सरकारले आग्रह गरेको छ । भिक्षु कौडण्यले पनि परम्परागत रूपमा यसपल्ट बुद्ध जयन्ती नमनाउन अनुरोध गर्नु भएको छ 

तस्बीर : राजेश ज्ञवालीवाट 

प्रकाशित : २५ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६