कपिलवस्तु २५ बैशाख । २५६४ औँ बुद्ध जयन्तीको अवसरमा लुम्विनीमा बिशेष पूजा गरिएकोछ । नेपाल भिक्षु महासंघका केन्द्रिय अध्यक्ष भिक्षु मैत्रेय महास्थवीरले पूजाको शुभारम्भ गर्दै दिप प्रज्ज्वलन गर्नु भएको हो । मैत्रेय महास्थविर सहित सबै टेम्पलका प्रमुख भिक्षुद्वारा लुम्विनीमा बिशेष पूजा गरिएको हो । सामाजिक दुरी कायम गरि दिप प्रज्वलन , परित्राण पाठ एवं बुद्ध पुजाका साथ मनाइएको छ । राष्ट्रब्यापी रुपमा २५६४ औँ बुद्ध जयन्तीकोको अवसरमा गरिने दिप प्रज्ज्वलनको प्रधानमन्त्री केपि ओलीले काठमाण्डौमा गर्नु हुने छ ।
यता गौतम बुद्धको जन्म स्थल लुम्विनीमा दिप प्रज्वलन कार्यक्रमको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंखर पोख्रेलले बीहिवार साझ ७ वजे एक संक्षिप्त समारोहका बीच गर्ने लुम्विनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानेन्द्र राइले वताउनु भएकोछ । लुम्विनी भगवान बुद्धको जन्मस्थल एवम बौद्ध धर्मको उद्भव भुमि तथा विश्व शान्तिको मुहान भन्ने नाराका साथ बुद्ध जयन्तिको मनाइएको हो ।
अन्तराष्ट्रिय स्तरको सहभागितावाट मनाइने बौद्ध सम्मेलन कोरोना भाईरसको महामारीका कारण रुप परिवर्तन गरि सिमित कार्यक्रम र उपस्थितीका साथ मनाइएको कोषका कार्य समिति सदस्य राजेश ज्ञवालीले वताउनु भयो । यसवर्ष हरेक नेपालीले घरमै बुद्ध पूजा गर्नेछन् । परित्राण पाठ र दीप प्रज्वलन गर्नेछन् । नेपाल सरकारले पनि बुद्ध जयन्तीको अवसरमा घर–घरमा दीपावली गर्न आह्वान गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार यो वर्षको बुद्ध जयन्तीको अवसरमा बुद्ध सन्देशलाई विश्वव्यापी बनाउन कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मान गर्दै कोरोनाबाट ज्यान गुमाउनेको आत्माको शान्तिको कामना गर्ने उदेश्य राखिएको छ । विश्वले नै यो रोगबाट मुक्ती पाओस भन्दै देशका विभिन्न धार्मिक ,सांस्कृतिक ,सार्वजनिक तथा निजि स्थलमा दिप प्रज्वलन गर्न सरकारले आग्रह गरेको छ । भिक्षु कौडण्यले पनि परम्परागत रूपमा यसपल्ट बुद्ध जयन्ती नमनाउन अनुरोध गर्नु भएको छ
तस्बीर : राजेश ज्ञवालीवाट
प्रतिक्रिया