अर्थ-वाणिज्य

साना किसानको बिश्वास :१३ हजार परिवारलाई प्रत्यक्ष लाभ, ७ करोड पूँजीवाट डेढ अर्व लगानी कसरी संभव भयो ?



कपिलवस्तु २५ वैशाख साना किसान कृषि सहकारी संस्था लिमिटेड मार्फत कपिलवस्तुमा १ अर्व ४३ करोड २ लाख ४९ हजार रकम कर्जा प्रर्वाह भएको पाइएकोछ । साना किसान कृषि सहकारी संस्था लि. मोतीपुरका ब्यवस्थापक शालिकराम पौडेलका अनुसार ७ वटा साना किसान सहकारीले यस्तो लगानी गरेका हुन् । कपिलवस्तु जिल्लामा रहेका साना तथा ठूला गरी सात वटा साना किसान सहकारी मार्फत ४ हजार ६ सय ६६ जनामा भएको  कृषि  कर्जामा यो रकम परिचालित भएको  ब्यवस्थापक शालिकराम पौडेलले बताउनु भयो । 


            कपिलवस्तु जिल्लामा रहेका ती सातवटा साना किसान सहकारीमा १३ हजार ३ सय ८९ जना शेयर सदस्य रहेकाछन् । ती सदस्यबाट ७ करोड १२ लाख ३ हजार शेयर पूँजी संकलन भएको पौडेलले जानकारी दिनुभयो । सहकारी क्षेत्रमै नयाँ सन्देश दिन सफल, कपिलवस्तु जिल्लाको बुड्ढी र बरकलपुरमा रहेका दुई ठूला सहकारीबीच २०७६ साल जेष्ठ महिनामा एकिकरण कार्य सम्पन्न गरी बुद्धभूमि साना किसान कृषि सहकारी संस्था लिमिटेड नामाकरण गरिएको ब्यवस्थापक बलराम भुसालले जानकारी दिनुभयो ।

          एकीकृत भए पश्चात जिल्लाकै ठूलो सहकारी बनेको बुद्धभूमि साना किसान कृषि सहकारीले मात्र बुद्धभूमिको ७ वटा वडामा ८५ करोड कर्जा प्रर्वाह गरेकोछ । ६५ करोड निंक्षेप संकलन गरेकोे सहकारीका ब्यवस्थापक भुसालले जानकारी दिनुभयो । ब्यवस्थापक भुसालले सौर्य उर्जामा ७ प्रतिशत, मासु तथा दुधमा ९ प्रतिशत र अन्यमा १४ प्रतिशतमा कर्जा प्रर्वाह  गरेको जानकारी दिनु भयो । उहाँले बुद्धभूमि नगरपालिकाका ७ वटा वडामा आफ्नो कार्य क्षेत्र बनाएको सहकारीले आफ्ना सदस्यका लागि मलको ब्यवस्थापन, विधुत, टेलिफोनको भुक्तानी जस्ता कार्यको सेवा प्रदान गर्दै आएको उहााले बताउनु भयो । 

        त्यस्तै कपिलवस्तुको भलवाडमा रहेको साना किसान कृषि सहकारी संस्था लि. भलवाडकी ब्यवस्थापक मान कुमारी गिरीले कृषि तथा अन्य क्षेत्रमा १४ करोड २६ लाख ८७ हजार ३ सय १३ रुपैया कर्जा प्रवाह गरेको बताउनु भयो । ब्यवस्थापक गिरीले सदस्यबाट ७ करोड १४ ला ख ७३ हजार ८ सय ६ रुपैया निक्षेप संकलन भएको स्पष्ट पार्नुभयो । यता छरिएर रहेका कृषकलाई समूह मार्फत जिविकोपार्जनका निम्ति नेपाल सरकारको समेत स्वामित्व रहेको  कृषि विकास वैंक अन्तरर्गत संचालित साना किसान आयोजना २०३५ स्थापना भएको हो ।  सोही आयोजना अन्र्तगत प्रवद्र्धन गरिएका समूहहरुलाई आर्थिक वर्ष २०५२/०५३ मा आएर समूदायमा हस्तान्तरण गरिएको साना किसान कृषि सहकारी संस्था लि. भलवाडका अध्यक्ष कुमार मधु बेल्बासेले बताउनु भयो । 

        कपिलवस्तु जिल्लामा आ.व. २०५२/०५३ मा चार वटा साना किसान कृषि सहकारी समूदायमा हस्तान्तरण भएको उहाँले बताउनु भयो । हस्तान्तरण गरिएकामा साना किसान कृषि सहकारी संस्था लि. भलवाड, मोतीपुर, वरकलपुर र बुडढी रहेको साना किसान कृषि सहकारी संस्था लि. भलवाडका अध्यक्ष कुमार मधु बेल्बासेले जानकारी दिनु भयो । देश भर रहेका साना किसान कृषि सहकारी संस्था लि. का निम्ति ५ देखि १२ प्रतिशत ब्याज दरमा साना किसान विकास लघु वित्त वित्तिय संस्था लिमिटेडले आफुहरुलाई कर्जा प्रवाह गर्ने गरेको साना किसान कृषि सहकारी संस्था लि. मोतीपुरका ब्यवस्थापक शालिकराम पौडेलले जानकारी दिनु भयो ।

        ब्यवस्थापक पौडेलले आफुहरुलाई साना किसान विकास लघु वित्त वित्तीय संस्था लिमिटेडले नियमित अनुगमन र निर्देशित गर्ने गरेको बताउनु भयो । यस्तै कपिलवस्तुमा साना किसान कृषि सहकारी जहदी, साना किसान कृषि सहकारी  कोपवा, साना किसान कृषि सहकारी हथौसा , साना किसान कृषि सहकारी  निग्लिहवा रहेका छन् । यी सहकारीको पूजी र लगानी तालिकामा उल्लेख छ । 

प्रकाशित : २५ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६