एजेन्सी, २६ बैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ८८९ पुगेको छ । गत २४ घण्टामा कोरोनाका कारण थप १०४ जनाले ज्यान गुमाएसँगै भारतमा मृतकको संख्या १ हजार ८८९ पुगेको छ । भारतमा एकैदिन थप ३ हजार ३६४ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५६ हजार ३५१ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । भारतमा संक्रमितमध्ये १६ हजार १४२ जना उपचारपछि निको भएका छन् । ३७ हजार ६८६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ६४१ जनाले ज्यान गुमाएका छन् भने १ लाख ३३ हजार बढी संक्रमित छन् ।
प्रतिक्रिया