ब्रेकिंग न्युज

बिपदका बेला प्रदेशको निशुल्क हटलाइन सेवा कपिलवस्तुवाट ,कपिलवस्तुको सुखद शुरुवात अरुकालागि अनुकरणीय : मन्त्री बराल



 कपिलवस्तु २६ वैशाख   कोरोना भाइरसको जोखिम हुन नदिन लागू गरिएको लकडाउनको बेला लैङ्गिकतामा आधारित हिंसाको सम्बोधन गर्न प्रदेश स्तरमा पहिलो पटक प्रदेश नं ५ सरकारले निशुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । कपिलवस्तुवाट सेवा संचालनमा ल्याईएको हो । लैङ्गिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारका सदस्यले वा यसबारे थाहाहुने व्यक्तिले पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१०००४७ फोन गरी खबर गर्न सक्ने छन् ।

        सबै जानकारी गोपनीय राखीने गरि सेवाको शुरुवात गरिएको हो । कोरोनाको रोकथाम तथा नियन्त्रण योजना अन्तर्गत जिल्लामा पहिलो पटक समाजिक क्षेत्रमा क्रियाशिल संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रमा हटलाईन सेवा सञ्चालनमा आएको हो । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालय, यु.एन.एफ.पीए र सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा हटलाईन सेवा संचालनमा ल्याईएको हो । हटलाईन सेवाको विहिवार प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुर्दशन वरालले शुभारम्भ गर्नु भएको छ । सेवा सुभारम्भ र यसको उद्देश्यवारेमा वताउदै मन्त्री वरालले भन्नु भयो यो कपिलवस्तुले गरेको असल सुरुवात अरुले अनुशरण गर्नु पर्छ । शनिवार वाहेक हटलाइन सेवा विहान १० बजेदेखि साझ ५ वजे सम्म उपलब्ध रहने छ । यो कपिलवस्तुको शिद्धार्थ सामाजिक विकास सस्थाको अफिसवाट  संचालन भएकोछ ।

        लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भन्ने गरिएको हुदा यस्तो समस्यामा परेका वालवालीका, महिला, तथा आम सर्वसाधारण नागरिकले सो नम्बरमा आफ्ना समस्या, गुनासा र सुझाव रेकर्ड गराउन सक्ने गरि सेवाको शुरुवात गरिएको सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष पोमनारायाण पौडेलले जानकारी दिनु भयो । यसका लागि सिद्धार्थ सामाजिक विकास केन्द्रले २ जना मनोसामाजिक परामर्शकर्ताको व्यव्स्थापन गरेको छ ।

    हटलाईन सेवामा आएका समस्याहरुलाई समाधान गरि सेवा दिनका लागि तालिम प्राप्त परामर्शकर्ताले गुनासो, सुझाव तथा समस्यालाई संवोधन गर्नेछन् । साथै उक्त सेवामा कोरोनाभाईरस सम्वन्धी जानकारी तथा समस्या रगुनासाहरुको पनि व्यवस्थापन गरिने छ । यसैविच संस्थाले कोरोनाविरुद्ध लड्न ५० हजार वढिको आपतकालीन कोष स्थापना गरेको जनाएको छ । 

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६