अर्थ-वाणिज्य

सुनचाँदी व्यवसायीद्वारा कालिगढलाई राहत वितरण



भैरहवा, २६ वैशाख । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले भैरहवामा रहेका सुनचाँदी व्यवसायमा आबद्ध कालिगढहरुलाई राहत वितरण गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र रुपन्देही सुनचाँदी व्यवसायी संघको सहकार्यमा ८५ जना कालिगढहरुलाई चामल, दाल, तेल, आलु, प्याज, साबुन लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका सचिव किस्मत वि.क.ले बताउनु भयो ।कोरोना भाइरसको संक्रमणका कारण सरकारले घोषणा गरेको लडकाउन पालना गर्ने क्रममा समस्या परेका कालिगढहरुलाई मध्यनजर गर्दै राहत वितरण गरिएको सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणि वि.क.ले बताउनु भयो ।

            राहत वितरण कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रेम कुमार सेञ्चुरी, रूपन्देही सुनचाँदी व्यवसायी संघका प्रथम उपाध्यक्ष रामकिसुन सेञ्चुरी लगायतको उपस्थिति रहेको थियो ।यसअघि सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले सिद्धार्थनगर नगरपालिकाको कोरोना रोकथाम तथा उपचार कोषमा ३१ हजार ५ सय रुपैयाँ  सहयोग गरिसकेको संघका प्रथम उपाध्यक्ष सतिश कुमार कौशल (दिपक) ले बताउनु भयो ।त्यस्तै विश्वकर्मा महिला समाज भैरहवा, रुपन्देहीले विपन्न परिवारलाई राहत वितरण गरेको छ । संविधानसभा सदस्य सिमाकुमारी कौशल, विश्वकर्मा महिला समाजका संस्थापक अध्यक्ष शिबु रसाइली, समाजसेवी मीना रामदामको सहयोग तथा पहलमा सिद्धार्थनगरका ९० विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

            विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण सरकारले घोषणा गरेको लकडाउन पालना गर्ने क्रममा बिहान साँझको छाक टार्न समस्या भएका परिवारलाई राहत वितरण गरिएको समाजले जनाएको छ । राहत वितरण कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य उमेश थापा मगर, रुपा बराइली लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६