अन्तर्राष्ट्रिय

कोरोना कहरः ४० लाख ११ हजार बढी संक्रमित, २ लाख ७६ हजार भन्दा धेरैले ज्यान गुमाए १३ लाख ८२ हजार बढी निको भए



एजेन्सी, २७ बैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ४० लाख ११ हजार ५८७ जना संक्रमित भएका छन् । विश्वभर भाइरसको  संक्रमणबाट ज्यान गुमाउनेको संख्या शनिबार बिहानसम्म २ लाख ७६ हजार १८१ पुगेको छ । संक्रमितमध्ये १३ लाख ८२ हजार ३९४ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ५३ हजार १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४८ हजार ६६० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । चीनको वुहानबाट सुरु भएको यो महामारीको विश्वमा सबैभन्दा धेरै संक्रमण अमेरिकामा फैलिएको छ ।

            युरोपका देशहरुमा अहिलेसम्म १ लाख ५० हजार ५१३ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै २ हजार ५२ जनाको मृत्यु भएको छ । अहिलेसम्म ६ लाख २८ हजार ११३ जना उपचारपछि निको भएका छन् भने ८ लाख २ हजार ६३० जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १५ हजार १७६ जनाको अवस्था गम्भीर छ । एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार ५०१ पुगेको छ । एकैदिन २९६ जनाको मृत्यु भएको छ । १६ हजार ३२५ नयाँ संक्रमित थपिएसँगै ६ लाख ३४ हजार ८२९ जनामा संक्रमण देखिएको छ । संक्रमित ३ लाख ४९ हजार १५६ जना निको भएका छन् । २ लाख ६४ हजार १७२ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ हजार ११५ जनाको अवस्था गम्भीर छ ।

            अमेरिकामा कुल मृतक संख्या ७८ हजार ५५७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ९८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख २० हजार ६०९ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख २२ हजार ९३५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख १९ हजार ११७ जनामध्ये १६ हजार ९३१ जनाको अवस्था गम्भीर छ ।

            अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार २९९ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ६० हजार ११७ पुगेको छ । १ लाख ६८ हजार ४०८ जना उपचारपछि निको भएका छन् । ६५ हजार ४१० जना उपचाररत छन् । स्पेनमा २ हजार ७५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको छ । २ लाख ११ हजार ३६४ जना संक्रमित भएका छन् । बेलायतमा । १ लाख ७९ हजार ७७९ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । 

प्रकाशित : २७ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६