एजेन्सी, २७ बैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ४० लाख ११ हजार ५८७ जना संक्रमित भएका छन् । विश्वभर भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या शनिबार बिहानसम्म २ लाख ७६ हजार १८१ पुगेको छ । संक्रमितमध्ये १३ लाख ८२ हजार ३९४ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ५३ हजार १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४८ हजार ६६० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । चीनको वुहानबाट सुरु भएको यो महामारीको विश्वमा सबैभन्दा धेरै संक्रमण अमेरिकामा फैलिएको छ ।
युरोपका देशहरुमा अहिलेसम्म १ लाख ५० हजार ५१३ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै २ हजार ५२ जनाको मृत्यु भएको छ । अहिलेसम्म ६ लाख २८ हजार ११३ जना उपचारपछि निको भएका छन् भने ८ लाख २ हजार ६३० जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १५ हजार १७६ जनाको अवस्था गम्भीर छ । एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार ५०१ पुगेको छ । एकैदिन २९६ जनाको मृत्यु भएको छ । १६ हजार ३२५ नयाँ संक्रमित थपिएसँगै ६ लाख ३४ हजार ८२९ जनामा संक्रमण देखिएको छ । संक्रमित ३ लाख ४९ हजार १५६ जना निको भएका छन् । २ लाख ६४ हजार १७२ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ हजार ११५ जनाको अवस्था गम्भीर छ ।
अमेरिकामा कुल मृतक संख्या ७८ हजार ५५७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ९८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख २० हजार ६०९ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख २२ हजार ९३५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख १९ हजार ११७ जनामध्ये १६ हजार ९३१ जनाको अवस्था गम्भीर छ ।
अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार २९९ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ६० हजार ११७ पुगेको छ । १ लाख ६८ हजार ४०८ जना उपचारपछि निको भएका छन् । ६५ हजार ४१० जना उपचाररत छन् । स्पेनमा २ हजार ७५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको छ । २ लाख ११ हजार ३६४ जना संक्रमित भएका छन् । बेलायतमा । १ लाख ७९ हजार ७७९ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया