अर्थ-वाणिज्य

विपन्न परिवारका लागि फुसको छानामुक्त अभियान शुरु



पाल्पा, २७ बैशाख ।  पाल्पामा विपन्न र अर्थाभाव भएका परिवारलाई फुसको छाना मुक्त बनाउने अभियान शुरु भएको छ । फुस अर्थात खरको छाना हटाएर जस्तापाताले घर छाउने बनाउने कार्यक्रमअन्तर्गत सो अभियान शुरु भएको हो । हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने र आगोबाट सजिलै जल्न सक्ने र  टिकाउ नहुने हुँदा छानो फेरिराख्न झन्झट भएकाले जस्तापाताको छानो सुरक्षित हुने भएकोले उक्त अभियान सुरु गरिएको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो । 

        तीन वडालाई गत वर्ष नै खरको छानोमुक्त बनाइसकेको रिब्दीकोट गाउँपालिकाले यस वर्ष  २६० घरपरिवारलाई प्रतिघर तीन बण्डलका दरले जस्तापाता वितरण गरेको छ । थप अरुलाई पनि गाउँपालिकामा खरको छानोमुक्त घोषणा गर्ने अभियान चलाइएको गाउँपालिकाले जनाएको छ  । गाउँपालिकाका ७५ घरपरिवारलाई प्रतिघर तीन बण्डल जस्तापाताका दरले वितरण गरिएको छ । गाउँपालिकामा गत वर्ष रु १० लाखको वितरण भएको र  यस वर्ष रु ३० लाखको जस्तापाता वितरण गरिने गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयो । 

        रम्भा गाउँपालिकामा  गाउँपालिकामा रहेका २०२ मध्ये १८ घर भूकम्पबाट प्रभावित भएको र जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुँदै गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । रम्भाका पीपलडाँडा, फोक्सिङ्कोट र  हुँगी क्षेत्रमा खरको छाना भएका घर छन् । अहिलेसम्म एकघरलाई २१ पाताको दरले चार हजार २४० जस्तापाता वितरण गरिएको छ । पाल्पामा सुरु भएको फुस अर्थात खरको छानामा मुक्त बनाउने अभियानको पाल्पामा प्रंसशा भएको छ । 

प्रकाशित : २७ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६