अन्तर्राष्ट्रिय

भारतमा कोरोना भाइरसले २१ सय बढीको मृत्यु, संक्रमित ६२ हजार ८ सय नाघ्यो



एजेन्सी, २८ बैशाख ।  विश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा मृत्यु हुनेको संख्या २ हजार १ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ११६ जनाको मृत्यु भएको छ । त्यस्तै कुल संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । गत २४ घण्टामा ३ हजार ११३ जना संक्रमित थपिएका छन् । उपचार गराइरहेका ४१ हजार ४०४ जनामध्ये १९ हजार ३०१ जना निको भएर घर फर्केका छन् । 

            कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतले मार्च २४ देखि लकडाउन जारी राखेको छ । भारतमा मे ४ देखि लागू हुने गरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गरिएको छ । भारतमा स्वास्थ्य विशेषज्ञहरुले आगामी दिनमा कोरोना भाइरसको भ्याक्सिन नआउँदासम्म कोरोना भाइरसलाई सामान्य रुपमा लिनु पर्ने बताईरहेका छन् । विश्वभरमा कोरोना भाइरस फैलने राष्ट्रहरुमा भारत १४ औं स्थानमा पर्दछ ।

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६