अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर २ लाख ८३ हजार बढीको मृत्यु, ४१ लाख ७९ हजार भन्दा धेरै संक्रमित



एजेन्सी, २९ बैशाख ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ८५० पुगेको छ । कोरोनाबाट संक्रमित हुनेहरु  ४१ लाख ७९ हजार ८६१ पुगेका छन् । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको फैलन क्रम जारी रहेको छ । संक्रमितमध्ये १४ लाख ९० हजार ५५० जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । २३ लाख ५८ हजार ४२५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४७ हजार ३६ जनाको अवस्था गम्भीर छ ।

            कोरोना भाइरसका कारण  युरोपियन मुलुकहरुमा १ लाख ५२ हजार बढीको मृत्यु भइसको छ। संक्रमितको संख्या १६ लाख २८ हजार बढी पुगेको छ । उत्तर अमेरिकी मुलुकहरुमा ८९ हजार ९५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १४ लाख ९५ हजार ८४९ पुगेको छ । यस्तै एसियाली मुलुकहरुमा २२ हजार १७२ जनाको मृत्यु भएको छ । ६ लाख ६८ हजार ६०५ जना संक्रमित छन् ।दक्षिण अमेरिकी मुलुकहरुमा १६ हजार ३८४ जनाको मृत्यु भएको छ । ३ लाख १० हजार ५८ जना संक्रमित छन् ।

            अफ्रिकी मुलुकहरुमा २ हजार २९५ जनाको ज्यान गएको छ भने ६४ हजार ५३९ जना संक्रमित छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५३९ पुगेको छ । सबैभन्दा बढी संक्रमण भएको मुलुक अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ ।अमेरिकामा मृतकको संख्या ८० हजार ७८७ पुगेको छ भने कुल संक्रमितको संख्या १३ लाख ६६ हजार ७५३ पुगेको छ ।

            कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार ८५५ जनाको मृत्यु भएको छ ।  इटालीमा २ लाख १९ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।  इटालीमा मृतकको संख्या ३० हजार ५६० पुगेको छ । स्पेनमा २ लाख ६४ हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार ६२१ पुगेको छ । 

            भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार २ सय १२ पुगेको छ ।  पछिल्लो २४ घण्टामा त्यहाँ थप १११ जनाको मृत्यु भएको छ । एकैदिन अरु ४ हजार ३५३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६७ हजार १६१ पुगेको छ । ४३ हजार ९८० जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २० हजार ९६९ जना निको भएका छन् । कोराना भाइरसको कोभिड–१९ को संक्रमण फैलिने विश्वभर नै रोकिएको छैन । कोरोना कहरले विश्वकै जनजीवन प्रभावित बनाएको छ ।

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६