अन्तर्राष्ट्रिय

कोरोना कहरः २ लाख ८७ हजार बढीको मृत्यु, ४२ लाख ५३ हजार भन्दा धेरै संक्रमित



एजेन्सी, ३० बैशाख ।  विश्वभर महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ८७ हजार २५० पुगेको छ । कोरोना भाइरसबाट ४२ लाख ५३ हजार ८०२ जना संक्रमित भएको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । हालसम्म विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा कोरोना भाइरस फैलिएको पुष्टि भएको छ ।

        संक्रमितमध्ये १५ लाख २७ हजार २९ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ३९ हजार ५२३ जनाको विश्वका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ९३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

        कोरोना संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५३ हजार न। संक्रमितको संख्या १६ भन्दा धेरै पुगेको छ । त्यस्तै उत्तर अमेरिकी मुलुकहरुमा ९१ हजार भन्दा धेरैको मृत्यु भएको छ । एसियाली मुलुकहरुमा २२ हजार भन्दा धेरैको मृत्यु भएको छ । दक्षिण अमेरिकी मुलुकहरुमा करिब १७ हजार बढीको मृत्यु भएको छ । 

            सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार ७९५ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार भन्दा धेरै संक्रमित थपिएसँगै संक्रमितको संख्या १३ लाख ८५ हजार ८३४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन् ।

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६