अन्तर्राष्ट्रिय

आफैँले हानेको मिसाइलले १९ इरानी सैनिकको मृत्यु



एजेन्सी, ३० बैशाख ।   इरानले आफ्ना इरानी सेनाबीच सैन्य अभ्यासका क्रममा आफैँले हानेको मिसाइलले १९ सैनिकको  मृत्यु भएको छ ।हार्मुज स्ट्रेट नजिकै ओमानको खाडीमा सैन्य अभ्यासका क्रममा हानिएको मिसाइलले भुलबस आफ्नै जहाजमा ठोक्किएपछि आइतबार १९ इरानी जलसेनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

        मिसाइलका कारण घटनामा परी अन्य १५ जना घाइते भएका छन् । अभ्यासका  क्रममा सैन्य उपकरण लैजाने कोणार्क नामको जहाजको लाइट सपोर्टमा क्षेप्यास्त्र ठोक्किएको बताइएको छ । अकल्पनीय दुःखद् घटनाको सुक्ष्म अनुसन्धान भइरहेको इरानी सरकारले जनाएको छ ।

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६